स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि दुई अर्ब ३० करोड डलर सम्झौता « Khabarhub

स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि दुई अर्ब ३० करोड डलर सम्झौता


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

स्टकहोम– युक्रेनलाई अनुदान दिएपछि आफ्नो भण्डार पुनःपूर्ति गर्न स्वीडेन र डेनमार्कबीच २०५ बख्तरबन्द लडाकू सवारी साधनका लागि स्वीडेनको एक सैन्य उपकरण निर्माताकम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

माग गरिएका २०५ थान सीभी ९० गाडीमध्ये ११५ डेनमार्क, ५० स्वीडेन र ४० युक्रेनमा डेलिभरी गरिने स्वीडेन सरकारले जनाएको छ ।

बीएई सिस्टम्स ह्याग्लुन्ड्ससँग २.३ अर्ब अमेरिकी डलरको सम्झौता भएको छ, जुन पहिले स्वीडेन र डेनमार्कले दान गरेको रकमबाट वित्तपोषित हुनेछ ।

स्वीडेनका रक्षामन्त्री पाल जोन्सनले भने, ‘यी लगानीले युरोप र विशेष गरी युक्रेनलाई सुरक्षित बनाउन सम्भव बनाउनेछ ।’

चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, नेदरल्याण्ड्स, नर्वे, स्लोभाकिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेन गरी १० वटा देशमा सीभी ९० लडाकु सवारी साधन छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ५ : ०९ बजे

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय