पोखरा भर्सेस लुम्बिनी : एकछिन टिकेन रोहितको रेकर्ड, अरु के-के बने ? | Khabarhub Khabarhub

पोखरा भर्सेस लुम्बिनी : एकछिन टिकेन रोहितको रेकर्ड, अरु के-के बने ?


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका दुई ओपनर दिनेश खरेल र एन्ड्रिज गौसको ब्याट चल्दा लुम्बिनी लायन्सले १० विकेटको फराकिलो हार व्यहोर्‍यो ।

त्रिवि कीर्तिपुर मैदानामा टस हारेर जवाफी ब्याटिङमा उत्रिएको पोखराले एक पक्षीय नतिजा निकालेको छ । लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पोखराले १६ दशमलव ५ ओभरमै बिनाविकेटको क्षतिमा पूरा गर्‍यो ।

पोखराले पहिलो खेलमा चितवन राइनोजसँग ब्यहोरेको फराकिलो हारको घाउ पनि लुम्बिनीसँगको खेलबाट पुरेको छ । दोस्रो खेलमा पोखराले जितेन मात्रै, जारी प्रतियोगितामा केही रेकर्डसमेत बने ।

नेपाली राष्ट्रिय टिममा कप्तानसमेत रहेका रोहित नेतृत्वको लुम्बिनी लगातार दुई खेलमा जितविहीन छ । पहिलो खेलमा उसले विराटनगरसँग २ विकेटको हार व्यहोरेको थियो ।

ब्याटिङ गर्दै एन्ड्रिज। तस्बिर : चिरायु शाक्य

पोखराका एन्ड्रिजको पहिलो शतक

पोखरा भर्सेस लुम्बिनीबीच जारी एनपीएलको एघारौं खेल भएको हो । यही खेलमा पोखराका अमेरिकी ब्याटर एमव् ओपनर एन्ड्रिज जारी प्रतियोगिताकै शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

एन्ड्रिजले ५४ बलमा शतक प्रहार गरेका हुन् । उनले १२ चौका र ६ छक्काको सहयोगमा शतक बनाए। उक्त खेलमा उनले अविजित १०४ रन जोडे ।

उनी जारी प्रतियोगिताको शतक प्रहार गर्ने पहिलो खेलाडी मात्रै बनेनन्, कम बलमा अर्धशतकको रेकर्ड पनि उनकै राममा रह्यो ।

एन्ड्रिजले केबल २० बलमै ५ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका थिए ।

यसअघि प्रतियोगितामा कम बलमा अर्धशतक पूरा गर्ने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी थिए । विराटनगर किङ्सविरुद्ध उनले २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

पोखराका एन्ड्रिज र दिनेश । तस्बिर : चिरायु शाक्य

एन्ड्रिज-दिनेश साझेदारी

लुम्बिनीविरुद्ध पोखराका ओपनर दिनेश खरेलको पनि ब्याटिङ पनि राम्रैसँग चल्यो । शतक प्रहार गरेका एन्ड्रिसँग दिनेशले १७३ रनको साझेदारी गर्ने क्रममा व्यक्तिगत ६१ रन जोडे ।

जारी प्रतियोगितामा एकै टोलीका ब्याटरले शतक र अर्धशतक प्रहार गरेको यो नै पहिलो रेकर्ड हो ।

दिनेश जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दशौँ खेलाडी हुन्, उनको अर्धशतक एघारौं हो ।

चिवतनका ब्याटर रवि बोपाराले दुई अर्धशतक प्रहार गरिसकेका छन् । दिनेश र रविबाहेक रोहित पौडेल, ब्रान्ड म्याकमुलेन, लोकश बम, शिखर धवन, दीपेन्द्रसिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिल एनपीएलमा अर्धशतक बनाउने सूचीमा छन् ।

शतक बनाएका एन्ड्रिज । तस्बिर : चिरायु शाक्य

पावर प्लेको धेरै रन र विकेट नगुमाई जित

जारी प्रतियोगितामा पावरले प्लेमा सबैभन्दा बढी रनको कीर्तिमान पनि पोखराले नै बनाएको छ ।

एन्ड्रिज र दिनेश मिलेर पावर प्लेमा ८० रनको साझेदारी गरे। यसअघि पोखराविरुद्ध नै जनकपुर बोल्ट्सले पावर प्लेमा सबैभन्दा बढी ६१ रन बनाएको थियो । जनकपुरले एक विकेट गुमाएर उक्त रन बनाएको थियो ।

यसका साथै, जारी प्रतियोगितामा बिनाविकेटको क्षति जित निकाल्ने टोली पनि पोखरा नै बनेको छ ।

पोखराविरुद्ध ९५ रन बनाएका लुम्बिनीका कप्तान रोहित पौडेल । तस्बिर : चिरायु शाक्य

छिनमै तोडियो लुम्बिनीको रकेर्ड

लुम्बिनी १९२ रनको विशाल लक्ष्य प्रस्तुत गर्दा पहिलो खेलमा जनकपुर बोल्ट्ससँग हार व्यहोरेको टिम हो । अर्थात् राम्रो ब्याटिङ गर्दा लुम्बिनीले जित निकाल्न सकेन ।

आजको खेलमा पनि टस जितेर पहिला ब्याटिङ रोजेकाले लुम्बिनीलाई आफ्नो ब्याटिङमा बढी आत्माविश्वास रहेको बुझ्न सकिन्छ ।

यद्यपि लुम्बिनीका ब्याटर भने जमेर चल्न सकेनन् । ओपनर आशुतोष घिरिया र उक्मुक्त चन्द रनको खाता नखोली आउट भए ।

पहिलो ओभरको तेस्रो बलमै आशुतोष आउट भएपछि क्रिजमा कप्तानसमेत रहेका रोहित पौडेल आए । उनी क्रिजमै हुँदा अर्का ओपनर उक्मुक्त शून्यमै आउट भएपछि दबाबमा परेको लुम्बिनीलाई उकास्न उनको ब्याट चल्यो ।

अन्तिम ओभरको अन्तिम बलसम्म मैदानमा टिकेका रोहितले ५९ बलमा १० चौका र ४ छक्काको सहयोगमा ९५ रन जोडे । रोहितकै ब्याटिङ चल्दा निर्धारित ओभरमा लुम्बिनी ५ विकेटको क्षतिमा १७० रनको सम्मानजनक अवस्था पुगेको थियो ।

रोहितले आफ्नो टिमलाई उकासेनन् मात्रै, जारी प्रतियोगिताको सबैभन्दा बढी ९५ रन बनाएर कीर्तिमानसमेत राखेका थिए ।

तर उनको यो रकेर्ड केहीबेरमा पोखराका एन्ड्रिजले तोडिदिए । जावाफी ब्याटिङमा उत्रिएका पोखराका ओपनर एन्ड्रिजले शतक पूरा गर्ने क्रममा रोहितको सर्वाधिक रनको रेकर्ड तोडिदिए । त्यहीकारण लुम्बिनीका लागि रोहितको एकल प्रदर्शनसमेत फिका बन्यो ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : ३२ बजे

वित्त नीतिसँग समन्वय गर्दै मौद्रिक नीतिलाई अघि बढाउँछौँ : गभर्नर पौडेल

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक क्षेत्रको दिगो विकासका

सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्न

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

संयुक्त राज्य अमेरिका- अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने- निर्णय अनुमोदन गरेको हुँ, अनियमितता गरेको छैन

काठमाडौं– पुरानो बसपार्कस्थित काठमाडौं टावरको विवादमा आफ्नो चरित्र हत्या भएको