बढी धान उत्पादन गर्ने तीन किसान पुरस्कृत « Khabarhub

बढी धान उत्पादन गर्ने तीन किसान पुरस्कृत


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दाङ – राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई आज एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा वडा नं ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल प्रथम, वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी द्वितीय र वडा नं ६ बगरापुरका हरिचन्द्र चौधरी तृतीय भएका हुन् ।

पालिकाका कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १२ हजार, रु १० हजार र रु आठ हजार नगदसहित एक एकवटा कृषि औजार फरुवा प्रदान गरी सम्मान गरिएको बताए ।

प्रक्रिया पु¥याएर आवेदन दिएका १६ जना कृषकबीच प्रतिस्पर्धा भएको थियो । पालिकाले कार्यविधि नै बनाएर प्रतियोगितामार्फत छनोट भएका किसानलाई सम्मान गरेको हो ।

कृषि पेसालाई मर्यादित बनाउन र कृषि पेसाप्रति आकर्षण बढाउन प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ३७ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत