प्राधिकरण-ईप्पान साझेदारीमा काबेली करिडोर प्रसारण लाइन पुनःनिर्माण सम्पन्न « Khabarhub

प्राधिकरण-ईप्पान साझेदारीमा काबेली करिडोर प्रसारण लाइन पुनःनिर्माण सम्पन्न

१९ प्रसारण लाइन सञ्चालनमा


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इलामको माइखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज १२ गते शनिबार माइखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माइ नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्‍याएको थियो ।

नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरूले संयुक्त रूपमा पुनःनिर्माण तथा पुनःस्थापना गरी सोमबार दिउँसो ४ः३० बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनःनिर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले बताए ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूले विद्युत् उत्पादन सुरु गरेका छन् । आयोजननाहरूबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो ।

प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा पुनःनिर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरूलगायतका सामाग्रीहरू उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरूले श्रमलागत लगायतका खर्च ब्यहोरहेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए ।

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०,५१,५२ र ५३ नम्बर टावरलाई माइखोलाको बाढीले क्षति पुर्‍याएको थियो । त्यस स्थानबाट प्रसारण लाइनलाई माइखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान ७५० मिटर रहेको छ ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । बाढीले उक्त टावर ढालेको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको हो ।

५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको थियो ।

प्रसारण लाइन पुनःनिर्माणमा उक्त स्थानका वडाका जनप्रतिधिहरूबाट पूर्ण रूपमा सहयोग प्राप्त भएको विद्युत प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १२ : ४९ बजे

युक्रेनको हवाई रक्षा बलियो बनाउन युरोपेली समर्थक एकजुट

किएभ- रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा

युएईसँग श्रमसम्बन्धी संयुक्त कार्य समूहको बैठक बस्ने

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त

प्रिमियर लिगमा सिटीलाई भाग्यको साथ, सुरूमै भिल्लालाई झट्का, न्यूक्यासलमा विस्साको रवाफ

म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएसँगै केही ठूला

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै