राष्ट्रियसभा निर्वाचन : सिट संख्या भन्दा गठबन्धन दलको दाबी धेरै « Khabarhub

राष्ट्रियसभा निर्वाचन : सिट संख्या भन्दा गठबन्धन दलको दाबी धेरै

शनिबारको छलफल निष्कर्षबिहीन, आज फेरि बैठक


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडमा सहमति गर्न गठबन्धन दलको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातिसम्म बसेको बैठकमा सहमति नभएपछि आज फेरि बैठक बस्न लागेको हो।

आज बैठक बस्ने बताइएको भए पनि समय तोकिएको छैन। सत्ता गठबन्धनमा सिट संख्या भन्दा दलको दाबी धेरै भएपछि कुरा नमिलेको हो। शनिबारको बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक सकारात्मक भए पनि अन्तिम टुंगोमा पुग्न सकेको छैन।

कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ। माओवादी ६, जसपा र एकीकृत समाजवादीले तीन–तीन सिट दाबी गरेका छन्। नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चालाई १–१ सिट दिन गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस तयार देखिएको छैन। यी साना दलले भने दाबी कायमै राखेका छन्। १९ सिटका लागि हुन लागेको निर्वाचनमा दाबी भने २६ पुगेको छ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ।

राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ। जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् भने १९ जना मतदानबाट चुनिने छन्।

यो पनि…

राष्ट्रियसभा निर्वाचनबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने

राष्ट्रियसभा निर्वाचन : कसरी हुन्छ सिटको पँजनी ?

राष्ट्रियसभामा मिलेन गठबन्धनको भागबण्डा, आइतबार टुंग्याउने दाबी

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : १८ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को