राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्दैछ ।

अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगले जनाएको छ ।

पुस २० गते प्रारम्भिक नामावली निकालेको आयोगले हिजोका लागि मतदाता नामावलीमा दाबी, विरोध तथा कुनै त्रुटी भए सच्याउन समय दिए पछि आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

आयोगका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि दिउँसो तीन बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजुरी भए पुस २४ गते उजुरी दिन सकिनेछ ।

यस्तै उम्मेदवारको मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा पुस २७ गतेको दिन तोकिएको छ । आयोगले सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

आयोगको निर्वाचन तालिकाअनुसार पुस २८ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । यसैगरी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : ५१ बजे

बिहारमा कोशीको बाढी रोक्न भारतले छुट्यायो ठूलो बजेट, नेपालसँग वार्ता थाल्ने

नयाँ दिल्ली- नेपालको छिमेकी भारतीय राज्य बिहारमा हरेक साल आउने

राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन आवश्यक : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि

साँफे-मार्तडी राजमार्ग : पहिरो रोक्न त्रिपालको सहारा

बाजुरा– अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक

प्रभु बैंक र टिस्टुङ्ग रिसोर्टबीच सम्झौता

काठमाडौं– प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकलाई टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा

इथियोपियामा पहिरोमा परी एक सय ४६ को मृत्यु

इथियोपिया– दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको