कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको कार्यसमिति बैठक सुरु हुनुअघि संस्थापन र संस्थापनइतर पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनबारे पार्टीभित्र आन्तरिक छलफल गरेका हुन् । धुम्बाराहीमा नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग छलफल भइरहेको कांग्रेस नेताले बताए ।

सत्ता गठबन्धनमा कांग्रेसले राष्ट्रियसभाको १० सिट पाउनुपर्ने अडान कायमै राखेको छ । यसका लागि देउवाले छलफल गरेका हुन् ।

तर, १० सिटमा औपचारिक सहमति भइसकेको छैन । कांग्रेसमा संस्थापनइतर पक्षले ४ सिटमा दाबी गरेको छ । बागमती, लुम्बिनी र गण्डकी र सुदूरपश्चिममा इतर पक्षले एक एक सिटमा दाबी गरेको हो ।

यो पटक देउवाले इतरपक्षलाई मागेको सिट दिने तयारी गरेको बुझिएको छ । यसैबीच, कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुङ्गो लगाउन र सिटमा निर्णायक छलफल गर्न अहिले दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका प्रवक्ता मीन विश्वकर्माका अनुसार नेताहरू कार्यसम्पादन समितिको बैठकमा सानेपामा आउने क्रम जारी छ । उनले भने, ‘बैठक केही ढिला होला । सभापति ज्यू आन्तरिक छलफलमा हुनुहुन्छ ।’

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ३२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो