कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको कार्यसमिति बैठक सुरु हुनुअघि संस्थापन र संस्थापनइतर पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनबारे पार्टीभित्र आन्तरिक छलफल गरेका हुन् । धुम्बाराहीमा नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग छलफल भइरहेको कांग्रेस नेताले बताए ।

सत्ता गठबन्धनमा कांग्रेसले राष्ट्रियसभाको १० सिट पाउनुपर्ने अडान कायमै राखेको छ । यसका लागि देउवाले छलफल गरेका हुन् ।

तर, १० सिटमा औपचारिक सहमति भइसकेको छैन । कांग्रेसमा संस्थापनइतर पक्षले ४ सिटमा दाबी गरेको छ । बागमती, लुम्बिनी र गण्डकी र सुदूरपश्चिममा इतर पक्षले एक एक सिटमा दाबी गरेको हो ।

यो पटक देउवाले इतरपक्षलाई मागेको सिट दिने तयारी गरेको बुझिएको छ । यसैबीच, कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुङ्गो लगाउन र सिटमा निर्णायक छलफल गर्न अहिले दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका प्रवक्ता मीन विश्वकर्माका अनुसार नेताहरू कार्यसम्पादन समितिको बैठकमा सानेपामा आउने क्रम जारी छ । उनले भने, ‘बैठक केही ढिला होला । सभापति ज्यू आन्तरिक छलफलमा हुनुहुन्छ ।’

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ३२ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री