हात्तीबाट गहुँबाली जोगाउन रातभर जाग्राम « Khabarhub

हात्तीबाट गहुँबाली जोगाउन रातभर जाग्राम


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका– ३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान भगाउन स्थानीय किसान खेतमै आगो बालेर रातभर जाग्राम बस्दै आएका छन् ।

झन्डै एक महिनादेखि नियमित रूपमा हात्तीको बथान स्थानीय किसानका खेतमा छिरेर गहुँबालीमा व्यापक नोक्सानी पुर्‍याउँदै आएको छ । हालसम्म तीस भन्दा बढी किसानको १५ बिघा खेतको गहुँबालीमा नोक्सानी गरिसकेको स्थानीयवासी महेश महराले बताए ।

प्रत्येक दिन राति १२ बजे निकुञ्जबाट दशदेखि पन्ध्रको सङ्ख्यामा छावासहितको हात्तीको बथान स्थानीय किसानको खेतमा छिर्ने गरेको उनको भनाइ छ ।

गहुँबालीले पेट भरेर बिहान ४ बजेपछि हात्ती निकुञ्जतर्फ लाग्ने गरेका छन् ।  ‘हात्तीको बथान लगातार खेतमा छिर्न थालेपछि भगाउन रातभर जाग्राम बस्नु परेको छ’ गोविन्द चौधरीले भने, ‘एक महिनादेखि राम्ररी सुत्न पाएका छैनौँ ।’

दश कट्ठा जग्गामा लगाएको गहुँबाली खाएर र खुट्टाले कुल्चेर पूरै नोक्सानी पुर्‍याएको उनको भनाइ छ । ‘हात्ती निकुञ्जबाट खेतमा छिरेको मात्रै थाहा पाइने गरिएको छ’ अर्का किसान डगौराले भने, ‘थाहा पाउँदासम्म खेतको गहुँबाली खाइसक्छ ।’ हात्ती धपाउन स्थानीय बासिन्दाले पालो मिलाएर सुत्ने गरेका छन् । पटाका पड्काउँदासमेत पड्केको ठाउँतर्फ आक्रमण गर्न हात्ती आउने गरेकाले भगाउन निकै सकस रहेको उनी बताउँछन् ।

स्थानीय स्तरमा बन्दुक बनाई पड्काउने, उज्यालो बनाउन बत्ती बाल्ने, आगो बाल्ने, हो हल्ला गर्ने गरेपछि बिस्तारै निकुञ्जतर्फ हात्तीको बथान जाने गरेको उनको भनाइ छ । ‘खेतकै गहुँ बेचेर घर खर्च चल्थ्यो’ जीतेन्द्र चौधरीले भने, ‘वर्षभरिका लागि खान पुग्थ्यो, हात्तीले गहुँका बोट नै उखेलेर खान थालेपछि निकै तनावमा रहेका छौँ ।’

गहुँ खेतीलाई मात्रै सिँचाइ, जोताइ, मलखाद गरी बीस हजार रुपैयाँ जति खर्च भएको उल्लेख गर्दै उनले खेती गर्दा लागेको खर्च नउठ्दा मजदुरी गर्न जानुपर्ने अवस्था आइलागेको बताए ।

हात्ती नियन्त्रण गर्न निकुञ्ज कार्यालयलाई गुहार गरे पनि बेवास्ता गरिएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । ‘किसानको गहुँबालीमा हात्तीको बथानले निकै ठूलो नोक्सानी गरेको छ” उनले भने, ‘किसानलाई क्षतिपूर्तिसहित हात्ती नियन्त्रणका लागि भरपर्दो उपाय गरिनुपर्छ ।’

स्थानीय किसानले हात्ती नियन्त्रणका लागि साइरन जडानसँगै लाइट, सौर्य बत्ती उपलब्ध गराउनुका साथै मचान निर्माण गरिदिन निकुञ्ज कार्यालयसँग माग गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : २५ बजे

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल