बङ्गलादेश मतदान : छिटफुट झडप, एक जनाको मृत्यु | Khabarhub Khabarhub

बङ्गलादेश मतदान : छिटफुट झडप, एक जनाको मृत्यु


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बङ्गलादेशमा आइतबार बिहान सुरु भएको आम निर्वाचनका क्रममा छिटपुट झडप भएको त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् । आइतबार निर्वाचन भइरहेको समयमा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वतन्त्र उम्मेदवारका समर्थकले सत्तारुढ अवामी लिगका उम्मेदवारका समर्थकलाई छुरा प्रहार गरी हत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

मुंशीगञ्जको सदर उपजिल्लाको मिरकादिमको तेन्गोरमा स्थानीय समयअनुसार आइतबार बिहान ९ः४५ मा स्वतन्त्र उम्मेदवारका समर्थकले पीडितमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।

ढाका ट्रिब्युनका अनुसार चट्टोग्राममा प्रहरी र बीएनपीका सदस्यबीच झडप भएको छ । कम्तीमा केही बीएनपी सदस्यहरूले बन्दरगाह शहरमा ४८ घण्टा लामो हडताल लागू गर्नका लागि जुलुस निकाल्ने प्रयास गरेपछि विवाद सुरु भएको थियो र प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मुन्शीगञ्जका आवामी लीगका समर्थकमाथि मतदान सुरु भएको करिब डेढ घण्टापछि स्थानीय मतदान केन्द्र नजिकै टाउकोको पछाडिको भागमा छुरा प्रहार गरिएको र उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ४ : ०२ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले