अस्ट्रेलियन ओपनबाट नाडालले फिर्ता लिए नाम « Khabarhub

अस्ट्रेलियन ओपनबाट नाडालले फिर्ता लिए नाम


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस टेनिस खेलाडी राफेल नाडालले अस्ट्रेलियन ओपन २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् ।

यो प्रतियोगिता सुरु हुनु केही घण्टा अघि, उनले इन्जुरिका कारण प्रतियोगिताबाट पछि हट्ने निर्णय गरेका हुन् ।

उनले आफ्नो सोसल मिडियामार्फत अस्ट्रेलियन ओपन नखेल्ने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘ ब्रिस्बेनमा भएको अन्तिम खेलमा मलाई मांसपेशीमा अलिकति तनाव भयो जसले मलाई चिन्तित बनायो । जब म मेलबर्न पुगेँ मैले एमआरआई गराए र एक मांसपेशीमा अलिकति चोट लागेको थियो । अब म पाँच सेट खेल्न असमर्थ भएको छु । म अब मेरो डाक्टरलाई भेट्न, उपचार र आराम गर्न स्पेन फर्कदैछु ।’

नाडालले खेलमा फर्कन वर्षभर कडा मेहनत गरेको बताउदै तीन महिनामा उत्कृष्ट फर्ममा रहने लक्ष्य राखेको समेत बताएका छन् । उनले मेलबर्नको अद्भुत दर्शकका अगाडी खेल्न नसकेकोमा दुख व्यक्त समेत गरेका छन् ।

गत वर्षको सुरुमा राफेल नाडाललाई पनि मांसपेशीमा चोट लागेको थियो जसका कारण उनले लामो समय कोर्टबाट बाहिर बस्नुपरेको थियो ।

नाडालले २००९ र २०२२ मा अस्ट्रेलियन ओपन जितेका थिए । उनले अहिलेसम्म २२ ग्राण्ड स्लाम जितेका छन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ०८ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले