आज २०८० साल माघ २४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल माघ २४ गते बुधबारको राशिफल


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २४ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी ७ तारिख। प्रदोष व्रत। आज धनको १५ अंशमा चन्द्रमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : समय राम्रो छ। गुमेको धन हात लाग्ने योग छ। यात्रामा निस्कने इच्छा पूरा हुनेछ। मनलाई सम्हाल्नु राम्रो हुन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा र रोजगारीको क्षेत्र सबल छ।

वृष : दैनिकी राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि सदुपयोग गर्ने क्षमता रहन्छ। सामाजिक क्षेत्रमा नाम र सम्मान बढ्नेछ। प्रेम सम्बन्ध र सहकार्यमा मधुरता रहनेछ।

मिथुन : दैनिकी राम्रो छ। इच्छा बमोजिमको भोजन मिल्नेछ। भ्रमणमा सहयोगी मानिसको साथ रहनेछ। आर्थिक भन्दा सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने योग छ। परिवारको साथ मिल्नेछ।

कर्कट : दिन सामान्य छ। अचानक रोगको प्रकोप देखिने छ। खानपानमा सचेत हुनुपर्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

सिंह : दैनिकी राम्रो छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। राजनीतिमा भने खराब मानिसको जालमा फस्ने योग छ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

कन्या : दिन राम्रो छ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। अरुमार्फत् काम गर्नु राम्रो हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल देखिन्छन्। साथी र परिवारको साथ मिल्नेछ।

तुला : दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षाको लगानीबाट मन खुशी हुने छैन। तर निरन्तरता दिनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा धेरैले प्रशंसा गर्नेछन्। परिवारको सहयोग प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। ठुलो प्रगति हुने योग देखिँदैन। स्वास्थ्यमा रोगको प्रकोप देखिने छ। सामाजिक क्षेत्रमा आरोप प्रत्यारोप सुन्नुपर्ने छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

धनु : दिन राम्रो छ। मादक पदार्थ सेवन गर्नेसँग टाढा बस्नु फाइदा हुनेछ। लगानीबाट राम्रो आम्दानी हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ पाइने छ।

मकर : दिन सामान्य छ। तपाईंको रोकिएको काम बन्नेछ। विश्वास गरेका पात्रबाट असहयोग हुनसक्छ। आफ्नो आलोचना आफैले सुन्नुपर्नेछ। परिवारबाट असहयोग हुनेछ। प्रेम सम्बन्धमा खटपटी आउनसक्छ।

कुम्भ : दैनिकी सामान्य छ। शनिदेवको छाया योग रहेकाले हनुमानको भजन गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक काममा अगाडि नबढ्नु राम्रो। परिवारको कुरा नबुझेमा घाटा हुनेछ।

मीन : समय राम्रो छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य क्षेत्र सबल देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। कामको सुरुवात गर्ने भए अध्ययन गर्नुपर्ने देखिन्छ। आम्दानीको लोभमा तास र जुवाको खालमा नबस्नु राम्रो हुन्छ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : १३ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा