अरुण चौधरी आज छुट्दै, दाजुको दौडधूप बढ्यो « Khabarhub

अरुण चौधरी आज छुट्दै, दाजुको दौडधूप बढ्यो


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण कुमार चौधरीमाथि अनुसन्धान गरिरहेको केन्द्रीय हनुसन्धान ब्यूरो (सीआइबी) माथि चर्को दबाव परेको छ । यही दबावका कारण चौधरीसहित तीनैजना बन्दीहरु आज छुट्ने सम्भावना बढेको छ । काठमाडौं जिल्ला अदालतले थपेको थुनामा राख्ने म्याद आज सकिँदैछ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणको अनुसन्धान तत्कालै सकिने विषय होइन । यसमाथिको अनुसन्धान विगतको भूटानी शरणार्थी एवं सुन प्रकरणजस्तै जटिल अनुसन्धानको विषय हो । तर, जिल्ला अदालत काठमाडौंले सोमबार चौधरीलाई दुई दिनमात्रै हिरासतमा राख्ने अनुमति दियो ।

त्यसो त सोमबार काठमाडौं जिल्ला अदालतमा विगतको् भन्दा केही फरक दृश्य देखिएको जानकारहरु बताउँछन् । अन्य थुनुवाको हकमा अनुसन्धानका लागि कानुनले दिएको २५ दिनको अवधिभित्र प्रहरीले मागेको समय पाउने गरेकोमा अरुण चौधरीको हकमा अदालत निकै नै उदार देखियो ।

सामान्य थुनुवाको हकमा न्यायाधीशले ५ मिनेटमै म्याद थपको आदेश दिने गरेकोमा सोमबार न्यायाधीश यज्ञप्रसाद आचार्यले आफ्नो इजलासमा विपक्षी वकिलको समेत बहस सुनेर साँझसम्म लम्ब्याएका थिए । चौधरीको केसमा अदालतले फरक व्यवहार देखाएको भन्दै सर्वोच्च अदालतमा समेत चर्चा भएको स्रोतले बतायो ।

जिल्ला अदालतको उक्त गतिविभिमाथि व्यंग्य गर्दै बरिष्ठ पत्रकार किशोर श्रेष्ठ सामाजिक सञ्जालमा लेख्छन्, ‘राज्यको सम्पत्ति लुटिएको जस्तो जघन्य अपराधमा अनुसन्धान गर्ने निकायमाथि कानुनी प्रावधान बेगर २ दिनभित्र छाड्नैपर्ने गरी भाका तोक्ने, अख्तियारले अल्छी गर्दा अनुसन्धान गर्न अग्रसर सीआइबी र सरकारी वकिलमाथि मनलाग्दी अंकुश लगाउने तथा सम्वद्ध अरु ब्यक्तिहरुबाट वयान लिन र थप प्रमाण जुटाउन नदिने श्रीमानहरुका यस्तै ‘न्यायिक मन’ रहिरहेसम्म नेपालमा दण्डहीनता मौलाइरहने छ ।’

श्रेष्ठ अगाडि थप्छन्, ‘रिस्क मोलेर ठूला केसको मिसिल तयार पार्न छाडी अनुसन्धानकर्मीहरु अझै कैयौं बर्ष चोरी–पकेटमारी, कुटपिटजस्ता स–साना घटनामै रमाइरहने छन् । वकिलको ताँती लगाउन नसक्ने प्रभाव र पहुँचबिहिन गरिवहरु चाहिँ पुस, माघको जाडोमा हदम्याद (९० दिन) सम्म खोरमै जाकिइरहनेछन् ।’

स्रोतका अनुसार अरुण चौधरी, अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई आज थुनामुक्त गर्ने जिल्ला अदालतको तयारी छ ।

यसैवीच आफ्ना भाइलाई छुटाउन उद्योगपति विनोद चौधरीले बालुवाटारदेखि अदालतसम्म आफ्ना सूत्रहरु परिचालन गरेको बुझिएको छ ।

बालुवाटारमा उनले उपप्रधानमन्त्री पूर्णबहादुर खड्का मार्फत दबाव बढाएका छन् भने अदालतमा आफ्नी पत्नीसँगै कलेज पढ्ने न्यायाधीशसँग सम्पर्क गरेर आफूहरुलाई उन्मुक्ति दिलाइदिन अनुनय गरेको बुझिएको छ ।

यो पनि

बाँसबारीमा ‘दाजु’ लाई पनि तान्ने सीआईबीको तयारी

चौधरीको भित्रीकथा : कैंची बोकेर भारतबाट आएका भुरामलका नाति यसरी बने अर्बपति

 

 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : ०६ बजे

सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

बागमती– मकवानपुरमा गत आर्थिक वर्ष २०८२-८३ मा सबैभन्दा बढी सम्बन्ध

भाजपालाई धक्का : बिहारको बाँकीपुरमा प्रशान्त किशोरको जित निश्चितप्रायः

काठमाडौं- भारतमा गत जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी

मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं– सडकमाथिबाट पहिरो खसेर आज दिउँसोदेखि आवागमन बन्द भएको मुग्लिङ-नारायणगढ

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ