पिप्ले-भगवती सडक कालोपत्र « Khabarhub

पिप्ले-भगवती सडक कालोपत्र


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इन्जिनियर सञ्जय सुवेदीले पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिएका छन् । ‘सात मिटरको चौडाइका दरले कालोपत्र भएको छ’, उनले भने, ‘उकालो र बस्तीभित्र तीन ठाउँमा पाँच सय मिटर ढलान भएको हो ।’

गत जेठको अन्तिम सातादेखि सुरु भएको कालोपत्रको काम गत महिना सकिएको थियो । इन्जिनियर सुवेदीका अनुसार डिलतर्फ खम्बा गाड्ने र सडक छेउछेउमा साइडबार राख्ने काम जारी छ । 

‘निर्माण व्यवसायीले काम सकेर भुक्तानी मागेको छ । सडकको नापजाँच र अन्तिम मूल्यांकनको चरणमा छ’, कार्यालयका सूचना अधिकारी अर्जुन शर्माले भने। 

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक नमूना सडक कार्यक्रम’अन्तर्गत विसं २०७६ देखि सुरु भएको आयोजनाको निर्माण कम्पनीसँग रु १८ करोड ४९ लाख आठ सय ३८ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको निर्माण कम्नीका इन्जिनियर रामु कँडेलले बताएका छन्। उनका अनुसार राहुघाटबाट रघुगङ्गा माविको भवन अगाडिसम्मको करिब तीन किलोमिटर सडक आयोजनाबाट हटाइएको छ ।

गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको सूचना अधिकारी शर्माले बताए। 

उक्त सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाको तीन वडाका तीन हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएका रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिम कटुवालले बताए। ‘पहिले पाँच किलोमिटर दूरी पार गर्न ४५ मिनेट लाग्दथ्यो’, उनले भने, ‘कालोपत्र भएपछि ४५ मिनेटको यात्रा १० मिनेटमा छोटिएको छ ।’ 

हिलो र धुलोबाट मुक्ति, यात्रा सहज र सुरक्षित भएको स्थानीय बताउँछन् । यसैबीच, सडक कालोपत्र भएपछि भाडा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् ।

सदरमुकाम बेनी जान–आउन, कृषि उपज निकासी, खाद्यान्न, निर्माण सामग्रीलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ । विसं २०६६ मा मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुँदै आएको थियो । जीर्ण सडकमा जोखिम र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । 

सडकको मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले अनुगमन तथा निरीक्षण गरे । निरीक्षणका क्रममा मन्त्री जुग्जालीले एक निर्वाचन क्षेत्र, एक सडक आयोजनाका अधिकांश योजना यसै वर्ष सकिने अवस्थामा रहेको बताए।

रघुगङ्गा गाउँपालिका–१ बेगका वडाध्यक्ष बिलबहादुर फगामी र स्थानीयवासीले भगवतीबाट बेगतर्फको सडक स्तरोन्नतिको लागि अर्को प्याकेजको योजना सुरु गर्न मन्त्री जुग्जालीसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : ५६ बजे

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा