मकवानपुरबाट ६४ किलो गाँजासहित एकजना पक्राउ | Khabarhub Khabarhub

मकवानपुरबाट ६४ किलो गाँजासहित एकजना पक्राउ


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– प्रहरीले मकवानपुरबाट गाँजासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगतबहादुर प्रजा रहेका छन्।

उनलाई अवैध लागूऔषध गाँजा ६४ किलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घरनजिक मल राख्ने खाल्डोमा लुकाइछिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारेको हो।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : २० बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ