झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने | Khabarhub Khabarhub

झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

स्वर्गद्वारी– झिमरुक गाउँपालिकाले पालिकाका बजार क्षेत्रभित्रका सडकमा कुनै किसिमका निर्माण सामग्री राख्न नदिने भएको छ । 

प्यूठान नगरपालिकाको सीमा देखि अर्घाखाँची र गुल्मको सिमानासम्म पालीकाले आवागमन सहज बनाउन सडक खाली गराउने जनाउँदै १० दिन भित्रमा राखिएका सामान  हटाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । 

स्थानीयले सडकमा जथाभावी निर्माण सामग्री थुपारेर आवागमन असहज भएपछि पालिकाले आज एक सूचना निकालेर सडकमा अनधिकृतरूपमा ढुङ्गा, गिटी, बालुवा, छठ, सिमेन्ट, व्यावसायिक सामग्री पसलदेखि सडकसम्म राख्ने, सवारी मर्मतका नाममा बाटो अवरोध  गर्नेलागतय गतिविधि गर्न नपाइने बताएको छ ।

झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले गाउँपालिकाले सार्वजनिक क्षेत्रमा बनाइएका संरचना, सडक मिचेर बनाइएका संरचना हटाउन कार्यविधि निर्माणको प्रक्रिया प्रारम्भ भएको बताए । 

यसैबीच प्यूठान नगरपालिकाले पनि सडक खाली गराउने अभियान कठोरतापूर्वक कार्यान्वयन गर्ने बताएको छ । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : ४९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’