झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने « Khabarhub

झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

स्वर्गद्वारी– झिमरुक गाउँपालिकाले पालिकाका बजार क्षेत्रभित्रका सडकमा कुनै किसिमका निर्माण सामग्री राख्न नदिने भएको छ । 

प्यूठान नगरपालिकाको सीमा देखि अर्घाखाँची र गुल्मको सिमानासम्म पालीकाले आवागमन सहज बनाउन सडक खाली गराउने जनाउँदै १० दिन भित्रमा राखिएका सामान  हटाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । 

स्थानीयले सडकमा जथाभावी निर्माण सामग्री थुपारेर आवागमन असहज भएपछि पालिकाले आज एक सूचना निकालेर सडकमा अनधिकृतरूपमा ढुङ्गा, गिटी, बालुवा, छठ, सिमेन्ट, व्यावसायिक सामग्री पसलदेखि सडकसम्म राख्ने, सवारी मर्मतका नाममा बाटो अवरोध  गर्नेलागतय गतिविधि गर्न नपाइने बताएको छ ।

झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले गाउँपालिकाले सार्वजनिक क्षेत्रमा बनाइएका संरचना, सडक मिचेर बनाइएका संरचना हटाउन कार्यविधि निर्माणको प्रक्रिया प्रारम्भ भएको बताए । 

यसैबीच प्यूठान नगरपालिकाले पनि सडक खाली गराउने अभियान कठोरतापूर्वक कार्यान्वयन गर्ने बताएको छ । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : ४९ बजे

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन