यु–१६ महिला फुटबल : नेपालले भारतको सामना गर्ने « Khabarhub

यु–१६ महिला फुटबल : नेपालले भारतको सामना गर्ने


२४ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ यु–१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ।

ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा फाइनमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुनेछ।

जारी प्रतियोगितामा बंगलादेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अंकविहीन रहेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो। त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले हार बेहोरेको थियो ।

प्रतियोगिता अन्तर्गत भोलि बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहने दुई टोलीले आइतबार फाइनल खेल खेल्ने छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ७ : ०१ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी