यु–१६ महिला फुटबल : नेपालले भारतको सामना गर्ने « Khabarhub

यु–१६ महिला फुटबल : नेपालले भारतको सामना गर्ने


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ यु–१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ।

ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा फाइनमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुनेछ।

जारी प्रतियोगितामा बंगलादेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अंकविहीन रहेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो। त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले हार बेहोरेको थियो ।

प्रतियोगिता अन्तर्गत भोलि बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहने दुई टोलीले आइतबार फाइनल खेल खेल्ने छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ७ : ०१ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै