निःसन्तान दम्पत्तीका लागि वरदान बन्दै आइभिएफ | Khabarhub Khabarhub

निःसन्तान दम्पत्तीका लागि वरदान बन्दै आइभिएफ

बढ्दै छ बाँझोपनको समस्या


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कैलालीको बर्दगोरिया गाउँपालिकाकी ३५ वर्षीया निशा धामी (नाम परिवर्तन) एक निजी विद्यालयकी शिक्षिका हुन्। उनको बिहे भएको १५ वर्ष हुँदासमेत बच्चा भएन।

सन्तान प्राप्तिका लागि गाउँले जडिबुटीसहित अनेक औषधी गरे पनि उनी आमा बन्न सकिनन्। आमा बन्न नसकेकै कारण उनले दिनरात घरका सदस्यको दुर्व्यवहार सहनु परेको छ।

आफूभन्दा पछाडि बिहे गरेकी देउरानी र बहिनीका छोराछोरी ठुलाठुला भइसक्दा पनि आफ्नो सन्तान नहुनुको पीडा र परिवारको व्यवहारले उनी सधै चिन्तित छन्।

सासू त उनको मुख हेर्न पनि रुचाउँदिनन्। निशा भन्छिन्, ‘छरछिमेकमा कसैको बच्चा जन्मिदा समात्न समेत दिँदैनन्। बच्चा नभएकोले समात्नु हुँदैन भन्छन्। पेट बोकेका अरू महिलालाई यसले हेर्नु हुँदैन भनेको सुन्नुपर्छ। त्यो भन्दा पीडा के होला ?’

आफूभन्दा पछाडि बिहे गरेकी देउरानी र बहिनीका छोराछोरी ठुलाठुला भइसक्दा पनि आफ्नो सन्तान नहुनुको पीडा र परिवारको व्यवहारले उनी सधै चिन्तित छन्।

उनकी सासूले बेलाबेला छोरालाई अर्को विवाह गर्न दबाबसमेत दिँदै आएकी छन्। तर बच्चा नजन्मिनुमा उनको कुनै दोष छैन। बच्चा नबस्नुको समस्याबारे जाँच गर्दा श्रीमानमा कमजोरी देखिएको उनले बताइन्। यो सबै कुरा बुझेका श्रीमानले भने उनलाई हरेक कुरामा साथ दिँदै आएका छन्।

वर्षौंदेखि सन्तान प्राप्तिका लागि अनेक उपाय गरिरहेकी निशा अहिले आइभिएफ प्रविधिबाट भएपनि सन्तान जन्माउने योजनामा छिन्। उनको यो कुरामा श्रीमान सहमत छन्। उनी अहिले त्यसको लागि काठमाडौंमा बसिरहेकी छन्। उनका श्रीमान वैदेशिक रोजगारीमा छन्।
निशाको पहिलो प्रयास सफल भएन। पहिलो प्रयास असफल भएपछि आइयुआई उपचार दोस्रोपटक गर्दैछिन्। पहिलो प्रयास असफल भएपनि उनले हिम्मत हारेकी छैनन्। भन्छिन्, ‘हेरौं के हुन्छ ?’

महिलाको पाठेघर सबै ठिक छ, तर पुरुषको शुक्रकिटमा समस्या छ भने त्यस्तो समयमा आइयुआई विधि अपनाइन्छ। यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकिट राख्ने विधि हो। तर यो विधिको सफलता दर भने कम हुने चिकित्सक बताउँछन्।

वर्षौंदेखि सन्तान प्राप्तिका लागि अनेक उपाय गरिरहेकी निशा अहिले आइभिएफ प्रविधिबाट भएपनि सन्तान जन्माउने योजनामा छिन्। उनको यो कुरामा श्रीमान सहमत छन्। उनी अहिलेत्यसको लागि काठमाडौंमा बसिरहेकी छन्।

कैलालीकै अर्काे एक दम्पत्तीको बिहे भएको पाँच वर्षसम्म सन्तान जन्मिएनन्। अनेकौं प्रयास गर्दा पनि बच्चा नबसेपछि आइभिएफ गर्ने सोच बनाएर। उनीहरु त्यसमा सफल भए। अहिले उनीहरुका एक छोरा र एक छोरी छन्। सन्तान भएपछि उनीहरु खुशी छन्।
पछिल्लो समय सन्तान नभएर चिन्तामा रहेका दम्पत्तीका लागि आइयुआई र आइभिएफ प्रविधि वरदान सावित हुँदै आएको छ।

के हो आइभिएफ पद्धति ?
सामान्यतया केटी मान्छेमा महिनावारीको समयमा एउटा अण्डा बन्छ। त्यो अण्डा डिम्बाशयबाट निस्किएर ट्युबमा जान्छ। त्यही बेला यौनसम्पर्क हुँदा पुरुषको विर्य योनीबाट पाठेघर हुँदै ट्युबमा पुग्छ। यसरी ट्युबमा बनेको भ्रुण पछि आएर पाठेघरमा बस्छ। बच्चा बन्ने यो एउटा प्राकृतिक र सामान्य प्रक्रिया हो।

यदि कुनै कारणले डिम्बाशयमा अण्डा बनेन भने ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन पाएन भने भ्रुण बन्दैन। यसरी पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग गरिन्छ। यो कृत्रिम तरिकाले प्रयोगशालामा बच्चाको विकास गर्ने प्रक्रिया हो। यसलाई इनभिट्रो फर्टिलाइजेशन (आइभिएफ) पद्धति भनिन्छ। सामान्य भाषामा यो टेष्टट्युब बेबी हो।

यदि कुनै कारणले डिम्बाशयमा अण्डा बनेन भने ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन पाएन भने भ्रुण बन्दैन। यसरी पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग गरिन्छ।

सुरूआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले त्यसलाई टेष्टट्युब बेबी भनिएको हो।
महिलाको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको, अन्य कुनै महिलाको अण्डा लिनुपर्ने भए वा पुरुषको विर्यमा कुनै खराबी देखियो भने अण्डा र विर्य झिकेर संयोजन गराइन्छ। यसरी लिइएको अण्डा र विर्य प्रयोगशालामा हुने उपकरणमा तीनदेखि पाँच दिनसम्म राखिन्छ। त्यसपछि विकास भएको भ्रुणलाई पाठेघरमा राख्ने प्रक्रिया नै आइभिएफ पद्धति हो।

नेपालमा आइभिएफको सुरुवात
नेपालमा सन् २००५ अर्थात् विक्रम संवत् २०६१ सालमा ओम अस्पतालबाट आइभिएफ प्रविधिको सुरुवात भएको हो। डा. भोला रिजाल नेतृत्वको टोलीको सफल आईभीएफ उपचारमार्फत राजेन्द्र तामाङ र सन्ध्या तामाङ दम्पत्तीबाट ओममणि तामाङको जन्म भएको हो। उनी अहिले प्लस टु पढ्ने भइसकेको ओम अस्पतालका सूचना अधिकारी विनोद अधिकारीले जानकारी दिए।

नेपालमा सन् २००५ अर्थात् विक्रम संवत् २०६१ सालमा ओम अस्पतालबाट आइभिएफ प्रविधिको सुरुवात भएको हो। डा. भोला रिजाल नेतृत्वको टोलीको सफल आईभीएफ उपचारमार्फत राजेन्द्र तामाङ र सन्ध्या तामाङ दम्पत्तीबाट ओममणि तामाङको जन्म भएको हो।

तामाङ नेपालको पहिलो टेष्टट्युब बेबीका नामले चिनिन्छन्। त्यसपछि काठमाडौं उपत्यकामा थापाथलीस्थित परोपकार प्रसूति अस्पताल, वात्सल्य, वरदान, स्लाभिकालगायत धेरै अस्पतालले यो सेवा सञ्चालन भइरहेको छ। यो प्रविधिबाट नेपालमा कति बच्चा जन्मिए भन्ने एकीकृत तथा भरपर्दाे तथ्यांक भने छैन। तर ओम अस्पालमा मात्रै एक हजार भन्दा बढी बच्चाहरु जन्मिएको अस्पतालको दाबी छ। अहिले पनि ओम अस्पतालमा एक लटमा २० देखि २५ दम्पत्तीले यो सेवा लिने गरेका उनले बताए। यसरी एउटा बच्चा जन्माउन कम्तिमा तीनदेखि पाँच लाखसम्म खर्च हुन्छ।

स्त्रीरोग विशेषज्ञ डाक्टर सुमी मुनाकर्मी मैनालीका अनुसार दिनमा ५० जना भन्दा बढी डाक्टर आइभिएफ प्रविधिमा खटिन्छन्। यो तथ्यांकले नै नेपालमा कति दम्पत्तीलाई यसको आवश्यकता छ भनेर प्रष्ट देखाउँछ। उहाँका अनुसार प्रविधिको हिसाबले नेपाल र विदेशमा हुने आइभिएफमा कुनै भिन्नता छैन। विदेशमा बस्ने कतिपय दम्पत्ती नेपालमा आएर उपचार गरेर फर्किने गरेका छन्।

प्रविधिको हिसाबले नेपाल र विदेशमा हुने आइभिएफमा कुनै भिन्नता छैन। विदेशमा बस्ने कतिपय दम्पत्ती नेपालमा आएर उपचार गरेर फर्किने गरेका छन्।

किन बढ्यो बाँझोपनको समस्या ?
जीवनशैली र खानपानले हामी विभिन्न समस्यामा छौं। खानपान, जीवनशैली र ढिलो विवाहले धेरैमा बाँझोपनाको समस्या बढिरहेको डा. मैनालीको भनाइ छ। करियर बनाउने भन्दै ढिलो विवाह गर्नेको संख्या बढ्दै गएको छ। योसमेत बाँझोपनाको ठुलो समस्या भएको उनले बताइन्। उनले भनिन्, ‘हाम्रो अस्पतालको डेटालाई हेर्दा करिब ५० प्रतिशत दम्पत्तीमै बाँझोपनको समस्या छ।’

यो समस्या महिला र पुरुष दुवैमा देखिन्छ। तर त्यो समस्या पुरुषमा छ भने डाक्टरसम्म पुग्नको लागि केही समय लाग्ने गर्दछ। महिलामा मात्र यो समस्या हुन्छ भन्ने भ्रम आम पुरुषमा देखिन्छ। महिला समस्या हुने बित्तिकै परीक्षणका लागि अस्पताल पुग्छन् भने पुरुष ढिला मात्र अस्पताल जान्छन्। कतिपय पुरुष सन्तान भएन भने अफ्नो स्वास्थ्य परीक्षण गर्नुको साटो अर्को विवाह गर्ने बाटोमा हिँडेको पाइन्छ। सबैभन्दा पहिला हामीले बिरामीको अवस्थालाई बुझ्नुपर्छ। कतिपय बिरामी डाक्टरकोमा पुग्छन्। प्रविधि अभावले अथवा सम्बन्धित डाक्टरसम्म पुग्न नसक्दा समस्याको पहिचान हुँदैन। यसले धेरैलाई चिन्ता दिएको छ।

महिला समस्या हुने बित्तिकै परीक्षणका लागि अस्पताल पुग्छन् भने पुरुष ढिला मात्र अस्पताल जान्छन्। कतिपय पुरुष सन्तान भएन भने अफ्नो स्वास्थ्य परीक्षण गर्नुको साटो अर्को विवाह गर्ने बाटोमा हिँडेको पाइन्छ।

आइभीएफ पहिल्यै नै ध्यान दिनुपर्ने कुरा
यसको रोकथामको लागि सबैभन्दा पहिला खानपानमा ध्यान दिनुपर्छ। सुरुमा महिनावरी गडबडीलाई सामान्य नठानेर उपचार समयमा नै गर्ने बानीको विकास गर्नुपर्छ। उपचार भन्दा रोग लाग्नै नदिनु राम्रो हुन्छ। यदि रोग लागिहालेमा अथवा समस्या भइहालेमा समयमा उपचार गर्नुपर्छ। रोग लाग्नै नदिएमा महंगो उपचारको झन्झटमा पर्नु नै पर्दैन।

मुगु, डोल्पाबाटसमेत यो समस्या लिएर कतिपय दम्पत्ती काठमाडौं आइपुग्ने गरेका छन्। यसले दम्पत्तीमाथि आर्थिकसँगसँगै शारीरिक र मानसिक कष्ट थपेको छ। सबै भन्दा पहिला आफूमा केही समस्या छ भने त्यसलाई समयमा नै साधारण हो कि जटिल हो भनेर पहिचान गर्नुपर्छ। चिकित्सकहाँ पुगेर समयमै परामर्श लिनु राम्रो हुन्छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ७ : १७ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ