सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यातमा वृद्धि « Khabarhub

सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यातमा वृद्धि


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्यांकले बिहीबार देखाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि संघर्ष गरिरहेका समय निर्यातमा देखिएको वृद्धिले नीति निर्माताहरूलाई प्रोत्साहन मिलेको छ । 

विदेशी ढुवानीले लामो समयदेखि देशको आर्थिक वृद्धिको प्रमुख चालकको रूपमा काम गर्दै आएको छ । वैदेशिक निर्यातले विनिर्माण क्षेत्रको ठूलो रोजगारीलाई सुरक्षा प्रदान गर्दछ ।

जनवरी र फेब्रुअरीमा निर्यात ७.१ प्रतिशतले बढेको छ । यसले विश्लेषकहरूको ब्लुमबर्ग सर्वेक्षणमा १।९ प्रतिशतको  पूर्वानुमानलाई गलत सावित गरिदिएको चिनियाँ सामान्य भन्सार प्रशासनले बताएको छ ।

चीनले आफ्नो कडा शून्य–कोभिड उपायहरूलाई अन्त्य गर्दै सामान्य जनजीवनमा फर्कैको गत वर्षको जनवरी–फेब्रुअरीको तुलनात्मक आधारमा यो ठूलो वृद्धि हो । 

चीनमा वैदेशिक निर्यातमा लगातार छ महिनाको सङ्कुचनपछि नोभेम्बरदेखि यसमा सामान्य वृद्धि भइरहेको छ । यद्यपि, मुद्रास्फीति र उच्च ब्याज दरका कारण विश्वव्यापी आर्थिक परिदृश्यको बारेमा चिन्ताले चिनियाँ सामानहरूको मागलाई कम गरिरहेको छ ।

वाणिज्यमन्त्री वाङ वेन्ताओले बेइजिङमा आयोजित एक प्रमुख राजनीतिक भेलाका क्रममा बुधबार हालैको पुनरुत्थानलाई स्वीकार गर्दै ‘सुधारको समग्र प्रवृत्ति माथि उठिरहेको’ बताए। 

तर उनले मार्चमा यसमा गिरावट आउनसक्ने चेतावनी दिएका छन् । 

हालैका वर्षहरूमा वासिङ्टनसँगको बढ्दो भूराजनीतिक तनावका कारण चीनको व्यापार प्रदर्शन प्रभावित बन्ने गरेको छ । यसले पश्चिमी फर्महरूलाई चीनमाथिको निर्भरता कम गर्न उत्प्रेरित गरेको छ ।

डिसेम्बरमा ०.२ प्रतिशतले वृद्धि भएको आयात पनि जनवरी–फेब्रुअरीमा ३.५ प्रतिशतले बढेको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले यो अवधिमा आयात २.० प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।

यसअघि चीनले ११ महिनाका लागि आयातमा नियन्त्रण गर्दै मुद्रास्फीतिलाई थप भयावह बन्नबाट जोगाएपछि अक्टोबरदेखि निर्यात दर केही सम्हालिएको थियो ।

सन् २०२३ मा चीन र रूसबीचको व्यापार उच्च विन्दुमा पुगे पनि पहिलो दुई महिनामा रूसबाट हुने आयात कम बलियो बनेको थियो । सन् २०२१ को अप्रिलयताको सबैभन्दा कमजोर प्रदर्शन गर्दै चीनका लागि रूसबाट हुने निर्यातमा ६.७ प्रतिशतले वृद्धि भएको छ ।

चीनको व्यापार अधिशेष पहिलो दुई महिनामा १२५.१ अर्ब अमेरिकी डलर रहेकोमा डिसेम्बरमा ७५.३ अर्ब डलर पुगेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १२ : ४९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका