सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यातमा वृद्धि | Khabarhub Khabarhub

सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यातमा वृद्धि


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्यांकले बिहीबार देखाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि संघर्ष गरिरहेका समय निर्यातमा देखिएको वृद्धिले नीति निर्माताहरूलाई प्रोत्साहन मिलेको छ । 

विदेशी ढुवानीले लामो समयदेखि देशको आर्थिक वृद्धिको प्रमुख चालकको रूपमा काम गर्दै आएको छ । वैदेशिक निर्यातले विनिर्माण क्षेत्रको ठूलो रोजगारीलाई सुरक्षा प्रदान गर्दछ ।

जनवरी र फेब्रुअरीमा निर्यात ७.१ प्रतिशतले बढेको छ । यसले विश्लेषकहरूको ब्लुमबर्ग सर्वेक्षणमा १।९ प्रतिशतको  पूर्वानुमानलाई गलत सावित गरिदिएको चिनियाँ सामान्य भन्सार प्रशासनले बताएको छ ।

चीनले आफ्नो कडा शून्य–कोभिड उपायहरूलाई अन्त्य गर्दै सामान्य जनजीवनमा फर्कैको गत वर्षको जनवरी–फेब्रुअरीको तुलनात्मक आधारमा यो ठूलो वृद्धि हो । 

चीनमा वैदेशिक निर्यातमा लगातार छ महिनाको सङ्कुचनपछि नोभेम्बरदेखि यसमा सामान्य वृद्धि भइरहेको छ । यद्यपि, मुद्रास्फीति र उच्च ब्याज दरका कारण विश्वव्यापी आर्थिक परिदृश्यको बारेमा चिन्ताले चिनियाँ सामानहरूको मागलाई कम गरिरहेको छ ।

वाणिज्यमन्त्री वाङ वेन्ताओले बेइजिङमा आयोजित एक प्रमुख राजनीतिक भेलाका क्रममा बुधबार हालैको पुनरुत्थानलाई स्वीकार गर्दै ‘सुधारको समग्र प्रवृत्ति माथि उठिरहेको’ बताए। 

तर उनले मार्चमा यसमा गिरावट आउनसक्ने चेतावनी दिएका छन् । 

हालैका वर्षहरूमा वासिङ्टनसँगको बढ्दो भूराजनीतिक तनावका कारण चीनको व्यापार प्रदर्शन प्रभावित बन्ने गरेको छ । यसले पश्चिमी फर्महरूलाई चीनमाथिको निर्भरता कम गर्न उत्प्रेरित गरेको छ ।

डिसेम्बरमा ०.२ प्रतिशतले वृद्धि भएको आयात पनि जनवरी–फेब्रुअरीमा ३.५ प्रतिशतले बढेको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले यो अवधिमा आयात २.० प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।

यसअघि चीनले ११ महिनाका लागि आयातमा नियन्त्रण गर्दै मुद्रास्फीतिलाई थप भयावह बन्नबाट जोगाएपछि अक्टोबरदेखि निर्यात दर केही सम्हालिएको थियो ।

सन् २०२३ मा चीन र रूसबीचको व्यापार उच्च विन्दुमा पुगे पनि पहिलो दुई महिनामा रूसबाट हुने आयात कम बलियो बनेको थियो । सन् २०२१ को अप्रिलयताको सबैभन्दा कमजोर प्रदर्शन गर्दै चीनका लागि रूसबाट हुने निर्यातमा ६.७ प्रतिशतले वृद्धि भएको छ ।

चीनको व्यापार अधिशेष पहिलो दुई महिनामा १२५.१ अर्ब अमेरिकी डलर रहेकोमा डिसेम्बरमा ७५.३ अर्ब डलर पुगेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १२ : ४९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते