राजा र प्रजातन्त्र सँगसँगै रहनुपर्छ : कमल थापा « Khabarhub

राजा र प्रजातन्त्र सँगसँगै रहनुपर्छ : कमल थापा


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफूहरूले राजाको कुरा उठाएर निरङ्कुशता नखोजेको बताएका छन् ।

राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अवधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको विषयले पनि कोही आत्तिनु नपर्ने बताए ।

‘सबै धर्मलाई समान व्यवहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुँदैन, हामिले पहिचानको कुरा उठाएका हौं ,सर्बधर्म समभाब हाम्रो अवधारणा हो’ थापाले भने । समग्र रुपमा भन्दा अहिलेको ब्यवस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट ब्यवस्था, भ्रष्ट शासक र  फोहरी राजनितीको अन्त्य आवश्यक भएको समेत थापाले औँल्याए। 

गठबन्धनको परिवर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अवस्था थप कमजोर हुँदै जाने समेत उहाँको कथन थियो। जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाको दाबी थियो ।

पार्टी आबद्ध पूर्व प्रहरी संगठनको कार्यक्रम बोल्दै थापाले पूर्व प्रहरीहरूको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रमबाट संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरूमा जिल्ला अध्यक्षहरूको जिम्मेवारी तोकिएको जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ४ : ३१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार