वर्षमानलाई दुर्गा प्रसाईंको चुनौती : समातेर देखाए हुन्छ | Khabarhub Khabarhub

वर्षमानलाई दुर्गा प्रसाईंको चुनौती : समातेर देखाए हुन्छ

भारतको चुनावपछि गठबन्धन टुट्छ, रविलाई पनि चुनौती दिन्छु


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने अभियान चलाउनेलाई प्रक्राउ गर्ने चेतावनी दिएको केहीबेरमै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जवाफ फर्काएका छन् । बैंकको ब्याज नतिर्नेलाई पक्राउ गरेर देखाउन प्रसाईँले भनेका छन् ।

बैंकले अचाक्ली ब्याज बढाएर घरजग्गा लिलामी भएका जनताको पक्षमा आफू उभिएको दाबी गर्दै प्रसाईले ऋण नतिर्नेहरुलाई प्रक्राउ गरेर देखाउन मन्त्री पुनलाई चेतावनी दिएका हुन् ।

अर्थमन्त्री पुनले विहीबार सिंहदरबारमा बैंकरहरुसँगको भेटमा बैंकको ऋण नतिर्न उक्साउनेहरुलाई सरकारले नियन्त्रणमा लिने बताएका थिए ।

प्रधानमन्त्री दाहालले पनि ऋण नतिर्नेहरुमाथि सरकार कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको मन्त्री पुनको भनाइ थियो ।

यो पनि–

दुर्गा प्रसाईँलाई लक्षित गर्दै वर्षमानले भने- बैंकको ऋण तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ

मन्त्री पुनको भनाइपछि प्रसाईँले खबरहबसँग भने, ‘बैंकको ऋण तिर्दिनँ हामीले भनेका छैनौँ, गरिब सर्वहारावर्गले भनेका छन् । जसले उनलाई भोट दिए, तिनले नै तिर्दिनँ भनेका छन्, अब तिनलाई के गर्छन् यिनले ?’
आफू सुन तस्करीको प्रकरण जोडिएर सर्वहारा वर्गको हितविपरीत चेतावनी दिनु अर्थमन्त्रीको नैतिकता विपरीत भएको प्रसाईँको आरोप छ ।

आफ्नो अभियानबाट आत्तिएर कम्युनिष्ट शक्तिहरुले गठबन्धन गरेको प्रसाईले बताए । तत्कालीन गृहमन्त्री नारायणकाजीले खोलेका भ्रष्टाचारको फाइलबाट बच्न अहिलेको गठबन्धन बनेको बताउँदै प्रसाईँले भारतको चुनावपछि यो गठबन्धन भत्किने दाबीसमेत गरे । उनले रवि लामिछानेलाई पनि आफूले चुनौती दिने र चितवनबाट भ्रष्टहरुको नाम सार्वजनिक गर्ने बताए ।

मेडिकल व्यवसायी प्रसाईले पछिल्लो समय मिटरब्याजी, लघुवित्त, फाइनाइन्स, सहकारी र बैंकको ब्याजबाट पीडितहरुका विरुद्ध अभियान चलाउँदै आएका छन् । उनको यो अभियानबाट त्रसित र हैरान बनेका बैंकरहरुले विहीबार अर्थमन्त्री पुनसँग गुनासो सुनाएका थिए । तर, केपी ओलीविरुद्ध कडा आलोचना गर्दै आएका प्रसाईंले भने अहिले ओली र प्रचण्डवीचको गठबन्धन आफ्नै अभियानको डरले गर्दा बनेको दाबी गरे ।

प्रसाईंलाई कसैले माने पनि नमाने पनि समाजमा उनका आक्रामक भनाइ सुन्नेहरुको संख्या बढ्दो छ । यसै सन्दर्भमा नयाँ गठबन्धन सरकारका  अर्थमन्त्री वर्षमान पुनको अभिव्यक्तिबारे प्रसाईँको प्रतिक्रिया उनकै शब्दमा सुनौं –

अब यो देशको वैकल्पिक शक्ति भनेका जनता हुन् । सर्वहारा वर्ग र भुइँमान्छेहरु हुन् । गठबन्धन त धेरै भए यो ३४ वर्षको अवधिमा । ०४६ सालदेखि धेरै प्रधानमन्त्री बने । राजनीति केबल राजनीति गर्नका लागि होइन, देश विकास गर्नका लागि हो । तर, नेपालमा भएका सबै दलको राजनीतिले देश कंगाल बन्यो । देशमा आज बूढाबूढी मात्रै छन् । देश वृद्धाश्रम बनाए ।

ओली र प्रचण्ड किन मिले ?

नेपालका कम्युनिस्टको चरित्र नै यही हो । एकले अर्कालाई मुख छाड्ने । यी कम्युनिस्ट नै होइनन्, तस्करका पार्टनर हुन् । यी कम्युनिस्ट भएको भए देशको हालत यस्तो हुँदै हुँदैनथ्यो । कम्युनिस्ट भएको देशमा दैनिक १० हजार युवाले देश छोड्छन् ? त्यो पनि रुँदैरुँदै । एक लाखजनाले नागरिकता त्यागे, बितेको वर्ष । यसरी जनताले नागरिकता त्याग्नु चानचुने कुरा त पक्कै होइन ।

अब धर्मनिरपेक्षवादी र गणतन्त्रका नाममा देश बेच्ने देशद्रोहीहरुको एउटा कित्ता बन्यो । यसको नेतृत्व केपी ओली र प्रचण्डले गरेका छन् । वौद्धिक सनातन धर्म सापेक्ष मुलुक, राष्ट्रवादी शक्ति, नागरिक जोगाउने शक्ति एक अर्को कित्तामा ध्रुवीकरण भएको छ । यो शक्तिको नेतृत्व दुर्गा प्रसाईंले गरेको छ ।

अहिले कम्युनिष्टहरुको हतार–हतारमा बनेको गठबन्धन भनेको मैले नेतृत्व गरेको नागरिक बचाऊ अभियानको दबाबले हो । किनकि, मंसिर ७ को आन्दोलन एक व्यक्ति दुर्गा प्रसाईंले गरेको हो । फागुन १ गते काठमाडौंमा कति मान्छे थिए, बिर्तामोडमा भएको अभियानमा पनि उस्तै मान्छे थिए । अब चैत्र १ गते चितवनमा भ्रष्ट तस्करहरूको फोटो सार्वजनिक हुन्छ ।

मैले यो सरकारबाट केही अपेक्षा गरेको छैन । यो सरकार भनेको दुई महिनाको खेल हो, भारतको चुनाव हुने बित्तिकै सकिन्छ । चुनावपछि यसको खेल खत्तम । यिनीहरूलाई कहिले भारतले, कहिले चाइनाले चलाएको त हो नि ।

रवि लामिछानेलाई पनि चुनौती दिन्छु

आज यिनीहरुको गठबन्धन हुँदै गर्दा हिजोसम्म ‘मिसन ०८४’ भन्दै हुनुहुन्थ्यो । मिसन त ०८१ पनि नआई ०८० मै टुंगो लगाउनुभयो । नयाँ भनेकाहरुलाई पनि जनताले कुनरुपमा हेर्ने ? उहाँहरुको एजेन्डा के हो त ? उहाँहरु भ्रष्टाचार विरोधी हुँ भन्नुहुन्छ, भण्डाफोर गर्न सक्नुहुन्न । बरु धेरथोर भण्डाफोर मैले गरेको छु, धेरै स्थानमा गरेँ, अब तस्करहरुको फोटो चितवनमा सार्वजनिक गर्दैछु । यो गर्नुपर्ने रवि लामिछानेहरु जस्ता नयाँ पार्टी हो । उनीहरुले नगरेर मैले गरेको हुँ ।

रवि लामिछाने राम्रो काम गर्न गएको भए चुनौति दिन्छु– मैले भण्डाफोर गरेका भ्रष्टाचारी र तस्करीहरुलाई कारबाही गर्न सक्नुहुन्छ ?

रविहरुलाई थाहा छ– यो सिस्टम, संविधान, कानुनमा केही पनि गर्न सकिँदैन । यो सबै कुरा जानीजानी उहाँ गृहमन्त्रालयमा जानुभएको छ । उहाँ राम्रो काम गर्न गएको भए चुनौति दिन्छु– मैले भण्डाफोर गरेका भ्रष्टाचारी र तस्करीहरुलाई कारबाही गर्न सक्नुहुन्छ ?

बाँसबारी जुत्ता कारखानाको जग्गा खाने, विमानस्थल खाने, सुपारीको तस्करी गर्ने धनाड्य व्यापारीहरुको नाम तोकेरै मैले भनेको छु । के रविजीले उनीहरुलाई कारबाही गर्ने हिम्मत राख्नुहुन्छ ? यो हिम्मत राख्नुहुन्छ भने सरकारमा गएकामा म रविजीलाई सम्मान गर्छु, नभए रवि पनि पुराना नेताजस्तै बन्न मिसिनुभयो । ओली–प्रचण्ड बन्न नै लाग्नुभयो ।

बैकल्पिक शक्तिका रुपमा आएका रवि लामिछानेहरु यसरी आफ्नो घोषणा बिर्सिएर सरकारमा जानु दुःखद कुरा हो । फेरि चित्त बुझेन भने हामी जतिबेला पनि छोड्छौं भनेर धम्की दिने ? यो त राजनीतिक चरित्र होइन नि ।

रविले मिसन ०८४ भन्नुहुन्थ्यो, के सोचेर सरकारमा जानुभयो भन्ने थाहा छैन । तर अरु नेताले आफूजस्तै बनाए । यो सबै झेली खेल हो । त्यही भएर देशको राजनीति संसारकै सबैभन्दा दुषित भयो । देश त सकियो त । आज दुई करोड ९० लाख जनसंख्यामा आज एक करोड ५० लाख युवा देशमा छैनन् ।

समातेर देखाए हुन्छ

सुन तस्करीको विषयमा तत्कालीन गृहमन्त्री नारायणकाजीहरुले कारबाही अगाडि बढाउँदा अनुसन्धान वर्षमानतर्फ सोझिएको थियो । त्यसपछि अनुसन्धान नै रोकियो । भुटानी शरणार्र्थीको आरजू देउवाकोमा गएर रोकियो । उता केपी ओलीतर्फ सोझियो । राजेश बज्राचार्यसम्म पुगेपछि रोकियो । यही सबै कुराबाट बच्नका लागि यी सरकारमा गएका हुन् ।

म चुनौति दिन्छु– पहिला सुन तस्करीलाई समातेर देखाउनू । नक्कली भुटानी शरणार्थीहरूलाई समातेर देखाऊ । मलाई समाउनु नै पर्दैन, म आफैं आउँछु नि । दुर्गा प्रसाईं कतै लुकेको छैन ।

हामीले बैंकको ऋण तिर्दैनौँ भनेका छैनौँ, समातेर देखाउनु नि । हामीले ७ प्रतिशतमा लिएको १८ प्रतिशत ब्याज पुग्दाखेरि त्यसलाई समाउनुपर्ने हो कि, हामीलाई ? ७ को ८ पो हुन सक्छ, १७ प्रतिशत हुन्छ त ? अनि सर्वहारा र भुइँमान्छेलाई फुटपाथमा पु¥याउने मान्छेको घरजग्गा जमिन लिलाम गर्ने ? १० वर्षलाई भनेर बैंकसँग एग्रिमेन्ट गरेर पैसा लिएको छ, एक महिना ब्याज तिर्न सकेन भनेर बैंक गएर सम्पत्ति लगिन्छ भनेपछि समातेर देखाउन् ।

म चुनौति दिन्छु– पहिला सुन तस्करीलाई समातेर देखाउनू । नक्कली भुटानी शरणार्थीहरूलाई समातेर देखाऊ । मलाई समाउनु नै पर्दैन, म आफैं आउँछु नि । दुर्गा प्रसाईं कतै लुकेको छैन ।

राजनीति गर्ने, रोल्पादेखि आएर दुनियाँभरका पैसा कमाउने, यो देशमा युवा बस्न योग्य नबनाउने, व्यापार व्यवसाय बन्द गराउने, बुढाबुढी मात्रै देशमा राख्ने र तस्करहरूसँग मिल्ने उनै हुन् । अहिले आएर बैंकको ब्याज तिर्दिनँ कसले भनेको छ ? हामीले त भनेका छैनौँ । गरिब सर्वहारावर्गले भनेका छन् । जसले उनलाई भोट दिए, तिनले नै तिर्दिनँ भनेका छन् । अब तिनलाई के गर्छन् यिनले ? यो देशमा वर्षमानले कसलाई थुन्छन् ? पहिला आफूबाट सुरु गरुन् न ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ९ : १३ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज