बटलरको शतकमा राजस्थानको शानदार जित : कोहलीको शतकले हारबाट जोगिएन आरसिबी | Khabarhub Khabarhub

बटलरको शतकमा राजस्थानको शानदार जित : कोहलीको शतकले हारबाट जोगिएन आरसिबी


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति भएको खेल रोचक बन्यो। रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)का विराट कोहलीको ११३ रनको शानदार शतकविरुद्ध राजस्थान रोयल्सका जोस बटलरले शतक नै प्रहार गरेपछि यो खेल रोचक बनेको हो।

कोहलीले यो सिजनकै पहिलो शतक प्रहार गरे। त्यसको जवाफ उही खेलमा राजस्थानका बटलरले दिँदै सिजनको दोस्रो शतक बनाए। ऐतिहासिक शतक प्रहार गरे पनि कोहली आरसिबीलाई जिताउन असफल भए। बोटलरको शतकको मद्दतमाा राजस्थानले ५ बल बाँकी हुँदै ६ विकेटले जित निकालेको छ। यो जितसँगै राजस्थान चार खेलमा चार जित निकाल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा चढेको छ। आरसिबीले भने पाँच खेलमा चार खेल गुमाउँदै २ अंक मात्र जोडेको छ।

शनिबार राति टस हारेर पहिला ब्याटिग गरेको आरसिबीले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको थियो। उसका लागि कोहलीले ६७ बलमा ११३ रनसहित शानदार शतक प्रहार गरे। कोहलीका लागि आईपिएलको आठौं र यो सिजनको पहिलो शतक हो।

विराट कोहली । तस्बिर : क्रिकइन्फो

आरसिबीका लागि कोहलीले अविजित ११३ रन बनाउँदा कप्तान फाफ डुप्लेसिसले ४४ रनमा आउट भए। उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। राजस्थानका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले १ विकेट हात पारे।

१८४ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि जोस बटलरले ५८ बलमा शानदार शतक प्रहार गरे। ९ चौका र ४ छक्का प्रहार गरेका बटलर नटआउट रहे। राजस्थाका लागि कप्तान सञ्जु सामसनले शानदार अर्धशतक प्रहार गरे। उनले ४२ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ६९ रन बनाएका हुन्। शिमरोन हेटमायर नटआउट ११ रनमा समेटिए।

ओपनर यशस्वी जैसवाल शून्य रनमा आउट हुँदा रियान पराग ४ र ध्रुव जुरेल २ रनमा पेभिलिएन फर्किएका थिए। आरसिबीका लागि रिस टोपले दुई विकेट हात पारे भने यश दयाल र मोहम्मद सिराजले एकएक विकेट लिए।

आइतबाल दुई खेल हुँदै
आईपिएल अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल दिउँसो ३:४५ बजे मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल साँझ ७:४५ बजे लखनउ सुपर जाइन्टस र गुजरात टाइटनबिच हुनेछ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ०४ बजे

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र 

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई