फ्रेन्डसिप कप : गुजरातसँग फाइनल खेल्दै नेपाल | Khabarhub Khabarhub

फ्रेन्डसिप कप : गुजरातसँग फाइनल खेल्दै नेपाल


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा आज नेपालले फाइनल खेल्दैछ।

गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आइतबार दिउँसो १ः१५ बजे नेपालले गुजरातविरुद्ध फाइनल प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएका दुई प्रतिस्पर्धामा गुजरात नेपालसँग पराजित भएको टिम हो ।

लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग शुक्रबार ३७ रनले पराजित भएको थियो।

एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले सजिलै पराजित गरेको थियो। अघिल्लो आइतबार भएको खेलमा जितको लागि ९९ रनको सहज लक्ष्य पछ्याएको नेपालले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

मङ्गलबार भएको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले हरायो। जितका लागि एक सय ५७ रनको लक्ष्य पछ्याएको बरोडा निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २९ रनमा समेटिएको थियो।

त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको नेपालले गुजरातलाई ७ विकेटको क्षतिमा १८२ रनको चुनौती दिएको थियो। गुजरात पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७३ रन मात्र बनाएको थियो।

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ५५ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार