लुम्बिनीका मुख्यमन्त्री महराले आज पदको शपथ लिँदै « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री महराले आज पदको शपथ लिँदै


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो पौने २ बजे शपथग्रहणका कार्यक्रम रहेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन् ।

मुख्यमन्त्रीको शपथसँगै उनले केही मन्त्रीलाई पनि सपथ ग्रहण गराउने छन् । तर, मन्त्रीहरूको नाम भने टुंगो लागिसकेको छैन ।

नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले गत बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

महरालाई माओवादीसहित एमाले, जसपा, नाउपा, नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यले समर्थन गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : २० बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,