टस जितेको आयरल्यान्डले नेपाल ‘ए’ विरुद्ध सुरुमा ब्याटिङ गर्दै | Khabarhub Khabarhub

टस जितेको आयरल्यान्डले नेपाल ‘ए’ विरुद्ध सुरुमा ब्याटिङ गर्दै


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग एक दिवसीय सिरिजको फाइनल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर आयल्यान्डले नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ ।

एक खेल अगाडि नै २–० ले सिरिज गुमाएको नेपालले आइतबार अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो।

बुधबार भएको पहिलो एक दिवसीय खेलमा २१ रनले पराजित भएको नेपालले देस्रो खेलमा शुक्रबार ११४ ले पराजित भएको थियो । तीन खेलको सिरिजमा सुरुका दुई खेलमा पराजित नेपालले एक खेल अगाडि नै सिरिज गुमाएको हो । आजको खेलमा नेपाल सान्त्वना जितको लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

सिरिजको पहिलो खेलमा जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३६ रनमा समेटिएको थियो।

दोस्रो खेलमा आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६.५ ओभरमा ६० रन बनाएर सबै विकेट गुमाएको थियो।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग घरेलु मैदानमै भएको टी–२० सिरिज यसअघि नै २–१ ले गुमाइसकेको छ।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि२० सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपालको राष्ट्रिय टिम विजयी भएको थियो। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ३७ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त