टस जितेको आयरल्यान्डले नेपाल ‘ए’ विरुद्ध सुरुमा ब्याटिङ गर्दै « Khabarhub

टस जितेको आयरल्यान्डले नेपाल ‘ए’ विरुद्ध सुरुमा ब्याटिङ गर्दै


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग एक दिवसीय सिरिजको फाइनल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर आयल्यान्डले नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ ।

एक खेल अगाडि नै २–० ले सिरिज गुमाएको नेपालले आइतबार अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो।

बुधबार भएको पहिलो एक दिवसीय खेलमा २१ रनले पराजित भएको नेपालले देस्रो खेलमा शुक्रबार ११४ ले पराजित भएको थियो । तीन खेलको सिरिजमा सुरुका दुई खेलमा पराजित नेपालले एक खेल अगाडि नै सिरिज गुमाएको हो । आजको खेलमा नेपाल सान्त्वना जितको लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

सिरिजको पहिलो खेलमा जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३६ रनमा समेटिएको थियो।

दोस्रो खेलमा आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६.५ ओभरमा ६० रन बनाएर सबै विकेट गुमाएको थियो।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग घरेलु मैदानमै भएको टी–२० सिरिज यसअघि नै २–१ ले गुमाइसकेको छ।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि२० सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपालको राष्ट्रिय टिम विजयी भएको थियो। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ३७ बजे

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय