आज विश्व स्वास्थ्य दिवस मनाइँदै « Khabarhub

आज विश्व स्वास्थ्य दिवस मनाइँदै


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व स्वास्थ्य दिवस । सन् १९४८ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को स्थापना भएको दिन अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रुपमा मनाइने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य दिवस २०२४ को नारा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने दिएको छ । संसारभर लाखौँ व्यक्तिको स्वास्थ्यको अधिकार खतरामा पर्दै गएको डब्ल्यूएचओको भनाइ छ ।

अत्याधिक कार्बन उत्सर्जनका कारण, जलवायु परिवर्तन भइरहेको छ । वायु प्रदूषणका कारण स्वच्छ हावा लिने व्यक्तिको अधिकार नै खोसिएको डब्ल्यूएचओले भनेको छ।

डब्ल्यूएचओका अनुसार भित्री तथा बाहिरी वायु प्रदूषणका कारण प्रत्येक ५ सेकेण्डमा एक व्यक्तिले ज्यान गुमाइरहेका छन् । विश्वका करिब १४० देशले स्वास्थ्यलाई अधिकारका रुपमा संविधानमा उल्लेख गरेको डब्ल्यूएचओ जनाएको छ । तर त्यसका लागि आवश्यक कानुन निर्माण गर्न र कार्यान्वयनका लागि उदासीन देखिएको आरोप छ ।

सन् २०२१ मा निकालिएको आँकडाअनुसार संसारभर साढे ४ अर्ब अर्थात विश्वका करिब आधा जनसंख्याले अत्यावश्यक स्वास्थ्य सेवा पूर्णरुपमा पाउन सकेका छैनन् ।

यस प्रकारका चुनौतीहरुलाई संबोधन गर्नका लागि यस पटकको नारा ‘मेरो स्वास्थ्य मेरो अधिकार राखिएको डब्ल्यूएचओले जानकारी दिएको छ ।डब्ल्यूएचओका अनुसार यो नारा छनोट गर्नुको उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र सूचनामा सबैको पहुँच पुगोस् भन्ने रहेको छ ।

साथै सुरक्षित खानेपानी, स्वच्छ हावा, उचित पोषण, गुणस्तरीय आवास, मर्यादित काम र स्वास्थ्य अनुकुल वातावरणीय अवस्था र स्वतन्त्रतामा सबैको अधिकारको रक्षा गर्नु पनि यो नारा छनोट गरिएको डब्ल्यूएचओको भनाइ छ ।

त्यस्तै नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अझै सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । सबै नागरिकमा स्वच्छ खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्दै सर्वसुलभ स्वास्थ्य सेवामा सबैको समान पहुँच पुर्‍याउन नेपालले निरन्तर काम गर्दै आइरहेको छ ।

दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजनीतिक नेतृत्व, नागरिक समाज, पत्रकार, सरोकारवालाहरु, स्वास्थ्यकर्मीहरु तथा आमसमुदायलाई सबै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नको लागि एकजुट भई आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ११ : २७ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने