व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै जिरी प्राविधिक शिक्षालय  « Khabarhub

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै जिरी प्राविधिक शिक्षालय 


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

दोलखा– देशकै पुरानो दोलखाको जिरी स्थित जिरी प्राविधिक शिक्षालयले व्यावसायिक कृषिमा उन्मुख हुन शिक्षालयले विद्यार्थीहरूलाई पढाइसँगै तरकारी खेती र पशु पालनमा लगाउने गरेको छ ।

शिक्षालयले वाली विज्ञान विषयमा अध्ययनरत विद्यार्थीलाई शिक्षालय भित्रकै खाली जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती तथा माछा र पशुपालन गर्न सिकाउँदै आएको जिरी प्राविधिक शिक्षालय प्रमुख कर्म शेर्पाले बताए ।

शिक्षालयले विद्यार्थीलाई अध्ययनसँगै सीपको विकास गराउन व्यावसायिक खेतीमा जोडेको हो। देशकै पुरानो र जिल्लाकै पहिलो प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै विद्यार्थीहरूलाई समूहमा विभाजन गरेर च्याउ खेती,लहरे बालीको खेती, सागसब्जी, गोलभेँडा, काँक्रो, काउली, आलु तथा फलफूल लगायतको खेतीमा लगाएको छ ।

त्यस्तै पशु– विज्ञान तर्फका विद्यार्थीलाई व्यावसायिक गाई पालन,बंगुर,बाख्रा,कुखुरा तथा माछा पालनमा लगाइएको शिक्षालयका पशुस्वास्थ्य प्राविधिक मधुसूदन गौतमले बताए । कृषि तर्फका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारी खेती र पशु पालन गरेर राम्रो आम्दानी समेत गर्ने गरेको गौतमले बताए ।

शिक्षालयमा बाली विज्ञान विषयमा अध्ययन गर्ने दोस्रो र तेस्रो वर्षका विद्यार्थीलाई प्रयोगात्मक सीपको विकाससँगै व्यावसायिक बन्नको लागि खेती तथा पशुपालनमै केन्द्रित गराउने गरेको उनले बताए ।

यस वर्ष शिक्षालयका विद्यार्थीले पहिलो सिजनको तरकारी उत्पादन गर्न सुरु गरिसकेका छन्। विद्यार्थीले एक सय २० केजी पराले तथा कन्या जातको च्याउ उत्पादन गर्ने शिक्षालयले जनाएको छ। त्यस्तै शिक्षालय भित्र ६ वटा उन्नत जातका गाई पालन, चार वटा पोखरीमा करिब सात हजार माछा पालन, बंगुर, बाख्रा तथा कुखुरा समेत पालन गर्दै आएका छन्।

शिक्षालयले गुणस्तरीय शिक्षासँगै कृषिमा दक्ष प्राविधिक उत्पादन गर्न प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएको छ ।

पछिल्लो वर्षहरूमा निरन्तर शिक्षालयमा विद्यार्थी घट्दै गएका कारण पनि अहिलेको अवस्थामा शिक्षालयले परम्परागत शिक्षण सिकाइलाई भन्दा प्रयोगात्मक र व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने शिक्षालय प्रमुख शेर्पा बताउँछन्।

आफूहरूले जमिन तयार पार्ने, बिउ जमाउने,रोग नियन्त्रण गर्ने देखि फल टिप्ने र बजार लगेर बेच्नेसम्मका व्यावहारिक शिक्षा दिने गरेको शेर्पाले बताए । कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले प्रयोगात्मक अभ्यास गराइन्छ।

‘विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौँ। यहाँबाट पढेर गएका मेहनत गर्ने धेरैजसो  विद्यार्थी आत्मनिर्भर छन्। लोभलाग्दो कमाइ गरिरहेका छन्’ शिक्षालय प्रमुख शेर्पाले भने ।

यस शिक्षालयमा करिब पाँच सय विद्यार्थी अहिले पनि नियमित अध्ययन गर्दै आएका छन् । शिक्षालयमा अघिल्लो वर्षहरूमा १८ महिने जेटिए अन्तर्गतमा कृषि,पशु स्वास्थ्य ,निर्माण तथा स्वास्थ्यको पठनपाठन हुने गरे पनि यस वर्ष देखि भने तल्लो तहको पठनपाठन बन्द हुन पुगेको छ।

शिक्षालयमा हाल डिप्लोमा तर्फको बाली विज्ञान,पशु विज्ञान भेटेरिनरी,सिभिल इन्जिनियरिङ,फार्मेसी प्रस्तुति सेवा लगायतका डिप्लोमा तहमा मात्रै पठनपाठन हुने गरेको छ। भूकम्प पछि आकर्षक भौतिक संरचना निर्माण भए पनि तल्लो तहको प्राविधिक पढ्ने विद्यार्थी नहुँदा माथिल्लो तहमा मात्रै पठनपाठन हुने गरेको शिक्षालयले जनाएको छ।

याे पनि…

 

सुबास बस्नेत

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १२ : २२ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको