महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार | Khabarhub Khabarhub

महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् ।

राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ । देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, विविधताबीचको एकता, सामाजिक सांस्कृतिक पक्ष पनि दस्तावेजमा समेटिएको छ ।

पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तयार गरेको समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरुप, आर्थिक स्थानान्तरणलगायत विषय समावेश गरिएको छ ।

उपाध्यक्ष बेदुराम भुसालले लेखेको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ । सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदन गराउने व्यवस्था गरिएको छ ।

महासचिव घनश्याम भुसालले तयार पारेको साङ्गठनिक दस्तावेजमा पार्टीको सङ्गठन निर्माणमा देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको सदस्यतालाई व्यवस्थित गर्दै फैलनुपर्ने जनाइएको छ ।

आगामी जेठ ३ देखि ७ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुँदैछ । पार्टी अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटीले आवश्यक तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १२ : ३७ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले