२२ स्थानीय तहको उपचुनाव मंसिरमा गर्ने तयारी « Khabarhub

२२ स्थानीय तहको उपचुनाव मंसिरमा गर्ने तयारी


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरिबाट रिक्त रहेका स्थानीय तहका २२ पदमा आगामी मंसिरमा उपचुनाव गर्ने सरकारले तयारी थालेको छ ।

निर्वाचन आयोगसँगको छलफलपछि आइतबार गृहमन्त्री रवि लामिछानले स्थानीय तहको उपचुनाव आगामी मंसिरमा गर्नेबारे छलफल भएको बताए ।

निर्वाचन आयोगका अनुसार हालसम्म स्थानीय तहका २२ पद रिक्त छन् । आगामी मंसिरसम्म यो संख्या अरु बढ्न सक्ने आयोगको भनाइ छ ।

आयोगले दिएको जानकारी अनुसार कैलाली र ओखलढुंगामा जिल्ला समन्वय समितिका प्रमुखहरुको पद रिक्त बनेको छ ।

त्यसैगरी रौटहटको मौलापुर नगरपालिकाको प्रमुख पद रिक्त रहेको आयोगको भनाइ छ ।

आयोगका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद पनि रिक्त छ ।

त्यसैगरी देशभरिका १७ वटा वडाध्यक्ष पद रिक्त रहेकाले त्यहाँ पनि उपचुनाव गर्नुपर्ने आयोगले गृहमन्त्री लामिछानेलाई जानकारी गराएको छ ।

यसअघि निर्वाचन आयोगले स्थानीय तहको उपचुनाव पनि बैशाख १५ मा इलाम र बझाङसँगै गर्न सरकारलाई सुझाएको थियो । तर, कांग्रेस र माओवादीको गठबन्धन सरकारले स्थानीय तहको उपचुनाव सँगै गर्न नमानेको आयोगका पदाधिकारीको गुनासो छ ।

यो पनि-

निर्वाचन कानून चाँडै फेर्ने हुटहुटीमा छु : रवि लामिछाने

निर्वाचन आयोगको चाहना : समानुपातिक मतपत्र हटाउने, राष्ट्रिय पार्टीको परिभाषा फेर्ने

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : २० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज