मौलापुरकी मेयर फेरि पदमुक्त भएको गृहमन्त्रीलाई रिपोर्टिङ | Khabarhub Khabarhub

मौलापुरकी मेयर फेरि पदमुक्त भएको गृहमन्त्रीलाई रिपोर्टिङ

मेयर रिनाकुमारी भन्छिन्– अदालतले पुनर्बहाली गरेको हो


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पद फेरि विवादमा परेको छ । मेयर साह पदमुक्त रहेको भन्दै निर्वाचन आयोगले आइतबार गृहमन्त्री रवि लामिछानेसमक्ष रिपोर्टिङ गरेपछि साहको पद फेरि विवादमा परेको हो ।

निर्वाचन आयोगले मौलापुर नगरप्रमुख पदमुक्त रहेको र त्यहाँ उपचुनाव गर्नुपर्ने बताए पनि साहले मौलापुर नगरपालिकाको काम भने नियमित रुपमा गरिरहेकी छिन् ।

गत असोज ३० मै निर्वाचन आयोगले रिनाकुमारी पदमुक्त बनेको निर्णय गरेको थियो । यसैवीच आइतबार आयोगमा ब्रिफिङ लिन पुगेका गृहमन्त्री लामिछानेलाई मौलापुरको नगरप्रमुख पद रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुनः जानकारी गराए ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी नगरप्रमुख रिना नेकपा एमालेबाट विजयी नगरप्रमुख हुन् । तर, प्रभु साह एमालेलाई धोका दिएर स्वतन्त्र सांसद बनेपछि आक्रोशित बनेको एमालेले रीना आफ्नो दलमा नरहेको सूचना निर्वाचन आयोगलाई दिएको थियो ।

एमालेको सोही सूचनाका आधारमा उनलाई नगरप्रमुख पदबाट गत असोज ३० मा निर्वाचन आयोगले हटाउने निर्णय गरेको थियो ।

तर, निर्वाचन आयोगको निर्णयविरुद्ध रीना सर्वोच्च अदालत गइन् । अदालतले ०७९ कात्तिक २४ गते अन्तरिम आदेशमार्फत उनको पद थमौती गरिदियो । अदालतको सोही आदेशमा टेकेर रिनाले मेयरको जिम्मेवारी सम्हाल्दै नीतिगत निर्णयहरु गर्दै आइरहेकी छिन् ।

आइतबार गृहमन्त्री रवि लामिछानेसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरेको ‘पावर पोइन्ट’ प्रस्तुतीमा मौलापुरको नगरप्रमुख पद रिक्त रहेको र त्यहाँ उपनिर्वाचन गर्नुपर्ने उल्लेख गरिएको छ । तर, मेयर रिना भने आफूलाई अदालतले पुनर्बहाली गरिसकेको हुनाले निर्वाचन आयोगले भन्दैमा पदमुक्त नहुने बताउँछिन् ।

नगरप्रमुख रिनाले खबरहबसँग भनिन्, ‘स्थानीय जनप्रतिनिलाई ५ वर्ष काम गर्न कसैले रोक्न सक्दैन । मृत्यु भएको, पदबाट राजीनामा दिएको वा दल त्याग गरेको अवस्थामा मात्रै पदमुक्त हुने हो, मैले नेकपा एमाले त्यागेकी छैन, मेरा श्रीमानले मात्रै एमाले त्यागेर आम जनता पार्टी खोल्नुभएको हो । अदालतले पनि मलाई एमालेमै रहेको भनिसकेको छ ।’

यो पनि-
रिना साह प्रकरण : पतिले एमाले छाड्दा पत्नीलाई कारबाही ?

२२ स्थानीय तहको उपचुनाव मंसिरमा गर्ने तयारी

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : २१ बजे

आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष