काठमाडौंमा संसारकै बढी वायु प्रदूषण « Khabarhub

काठमाडौंमा संसारकै बढी वायु प्रदूषण


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं विश्वको सबैभन्दा प्रदुषित सहर बनेको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरकोरुपमा मापन भएको हो ।

आईक्युएयरका अनुसार काठमाडाैंकाे वायु प्रदुषण स्तर १९१ एक्युआई यूएस रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।

यो सूचीको दोस्रो स्थानमा कम्बोडियाको नोम पेन, थाइल्याण्डको चियाङ माइ तेस्राे, भारतकाे दिल्ली चाैथाे, काेलकत्ता पाँचाै र बंगलादेशकाे ढाका छठाैं स्थानमा छन् ।

केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ ।विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्ते भारतको उत्तर प्रदेश लगायतका क्षेत्रमा भइरहेको आगलागीको प्रभाव पनि नेपालको वायुमण्डलमा परेको मौसमविद्हरुले बताएका छन् ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको