खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग « Khabarhub

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६ हजार प्रदान गरिएको छ । 

यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलँदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका  एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा संकलन गरेर उक्त रकम प्रदान गरिएको हो । 

पीडितलाई क्षतिको मूल्यांकन गरेर रु १२ देखि ४५ हजारसम्म प्रदान गरिएको सहयोग संकलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए ।

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका लाई रु ४५ हजार उपलब्ध गराइएको छ । संकलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो । 

आगलागीबाट एक करोड ३३ लाख बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ । 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ८ : ५५ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला