खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६ हजार प्रदान गरिएको छ । 

यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलँदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका  एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा संकलन गरेर उक्त रकम प्रदान गरिएको हो । 

पीडितलाई क्षतिको मूल्यांकन गरेर रु १२ देखि ४५ हजारसम्म प्रदान गरिएको सहयोग संकलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए ।

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका लाई रु ४५ हजार उपलब्ध गराइएको छ । संकलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो । 

आगलागीबाट एक करोड ३३ लाख बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ । 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ८ : ५५ बजे

नेपालमा मनसुनको अवस्था केही कमजोर, थोरै भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र