साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर | Khabarhub Khabarhub

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा बढी साइको थेरापी गराइरहेका बिरामीको गोप्य सूचना चोरी गरेर ब्ल्याकमेलिङ गर्ने क्रममा पक्रिएपछि उनलाई जेल चलान गरिएको हो । १३ वर्षको उमेरमै ह्याकिङ समूहमा संलग्न भएर गोप्य सूचना चोरी गर्दै आएका जुलियस किभिमाकी ११ वर्ष पछि जेल चलान भएका हुन् ।

तिनै ह्याकरबाट पीडित टियना साउना सकेर साँझको समयमा टोलाइरहेकी थिइन् । एकान्तमा बसेर गमी रहेकी उनको फोनमा एउटा नोटीफिकेसनको आवाज आयो । त्यो समयमा अपरिचित व्यक्तिको मेल आएको थियो। उनको सबै कुरा थाहा भएको जनाइएको थियो । त्यो मेलको भाषा एकदमै नम्र थियो । विनम्रतापूर्वक साइकोथेरापी केन्द्रबाट सबै डेटा चोरिएको कुरा उल्लेख गरिएको थियो । व्यक्तिगत डेटा चोरिएको विषयमा पनि साइकोथेरापी केन्द्रले कुनै चासो दिएको थिएन।

दुई वर्ष उनले त्यहाँ बिताएकी थिइन् । त्यसै स्थानमा उनले बिताउन थालेपछि उनको जीवनको आरोह अवरोह छताछुल्ल भएको छ । सबै कुरा सीमित व्यक्तिका लागि पारदर्शी बनेको छ, जुन सबैका सामु बाहिर आउनु कदापि उपयुक्त होइन । उनको टेलिफोन वार्ता पनि रेकर्ड भएका रहेछन् । सही समयमा सबै कुरा नतिरेमा सबै कुरा अनलाइन मार्फत सार्वजनिक हुने चेतावनीसमेत दिइयो ।

उनलाई आफ्नो व्यक्तिगत जिन्दगीका बिर्सन लायक पाटाले पनि सताउन थाल्यो । गोप्यता भङ्ग हुने चिन्ताले पनि सताउन थाल्यो । यत्ति मात्र होइन, उनलाई अन्य धेरै समस्याले सताइरहेको थियो । उनले विस्तारै थाहा पाइन् कि यो उनको एक्लो समस्या होइन । साइकोथेरापी गराइरहेका ३३ हजारको उस्तै समस्या थियो । यसैबाट कुख्यात साइबर अपराधी पक्राउको बाटो खुलेको हो ।

किभमिकी तथा उनको समूहबाट व्यक्तिगत जिन्दगीका अनेकौँ गोप्य विषय बार्गेनिङ चिप बनाइएको थियो। पछिल्लो समय फिनल्यान्डमा त्यो साँच्चै गम्भीर समस्या बनेको थियो।

साइबर सेक्युरिटी फर्म विथ सेक्युरका लागि काम गर्ने मिको हिपोनन पनि ह्याकिङको दर फिनल्यान्डका लागि सबै भन्दा ठुलो चिन्ता बनेको बताउँदै आएका थिए। यी सबै घटना सन् २०२० मा कोरोना महामारीको समयमा भएको थियो। धेरै जना लकडाउनमा भएको समयमा ती घटना धेरै भएका थिए। धेरैलाई आफ्नो जीवन बचाउन मात्र चिन्ता र चासो थियो। अन्य विषयको खासै चासो थिएन।

इमेलको असर एकदम धेरै परेको थियो। त्यस फर्ममा कानुन व्यवसायी जेन्नी राइसकीयोले एकै पटक दुई हजार ६ सयको मुद्दा हेरेकी थिइन्। जेन्नीका अनुसार धेरै जनाको त गोप्यता भङ्ग हुने बित्तिकै आफन्तले नै ज्यान लिने खतरा समेत थियो। रेन्सन नामको त्यो व्यक्तिले २४ घण्टाको समय दिँदै दुई सय युरो माग गरेको थियो। त्यो पुरा नगरेका सबै विषयमा सार्वजनिक गर्ने चेतावनी दिइएको थियो। त्यो २४ घण्टाको डेट लाइन पुरा नभएमा ५०० युरोको मूल्य त्यस व्यक्तिले राख्ने गरेको थियो।

२० जनाको हकमा त एकदमै खराब घटना भएको थियो । उनीहरूले मगाएको रकम पनि डेट लाइनमा नै तिरे । तर, त्यो डेट लाइन पुरा हुनु भन्दा अघि रेन्समबाट पनि लिक भएर अन्धाधुन्ध नेटमा पुगी सकेको थियो ।

मिक्को उनको टोलीले ह्याकरलाई ट्रयाक गर्ने र प्रहरीलाई सहयोग गर्ने काम गरेको थियो । उनीहरू केही दिनमा नै यो सबै फिनल्यान्डबाट भएको कुराको निष्कर्षमा पुगेका थिए ।

फिनल्यान्डका इतिहासमै प्रहरीको यो ठुलो र गम्भीर र छानबिनको काम थियो । यो काम एक जना फिना नाम गरेका व्यक्तिमा पुगेर टुगिंएको थियो ।

फिनल्यान्डका इतिहासमै प्रहरीको यो ठुलो र गम्भीर र छानबिनको काम थियो । यो काम एक जना फिना नाम गरेका व्यक्तिमा पुगेर टुगिंएको थियो ।

आफूलाई जेकिल भन्ने किभिमाकी टिनएज हुँदा ह्याकिङको सामान्य काम गर्थे । उनी एकदमै सतर्क थिए । ह्याकिङ टिम लिजर्ड स्वाडमा मिसिएपछि उनी खतरनाक भए । सन् २०१० को अन्त्यमा पुग्दा नै उनको कहानी फरक भइसकेको थियो ।

धेरै हाइ प्रोफाइल आक्रमणमा संलग्न उनी सन् २०१७ मा ५० हजार ७ सय ह्याकिङ अफेन्सको आरोपमा गिरफ्तार भएका थिए । उनी त्यो समयमा जेल गएनन् । सुरुमा उनलाई दुई वर्ष जेल सजाय सुनाइएको थियो । तर, यसको संसारमै साइबर सुरक्षासँग सम्बन्धित धेरै जनाबाट विरोध भएको थियो ।

एकदमै असहज अवस्थामा पनि उनले ह्याकिङको काम भने छाडेनन् । प्रहरीबाट पहिलो पटक गिरफ्तार भएर मुद्दा चली रहेको समयमा पनि उनले एक जनालाई आफ्नो सिकार बनाएका थिए । उनी लीजार्ड स्क्वाड मिलेर अफ लाइन दुई ठुला गेम प्लेटफर्ममा आक्रमण गरेका थिए । यो आक्रमण क्रिसमस तथा क्रिसमस इभमा भएको थियो । धेरैले डाउनलोड गर्न नसकेपछि धेरैले नयाँ रेजिस्टरको प्रक्रिया सुरु गरेका थिए । यसैबाट नयाँ सूचना पाउने तयारी सुरु भएको थियो ।

किभिमाकी यत्ति हिम्मतिलो हुँदै गएकी उनलाई सञ्चारको दुनियाँ रमाइलो लाग्न थालेको थियो। एक पटक उनले स्काइ न्युजमा पनि अन्तरवार्ता दिएका थिए । उनी आबद्ध समूहका सदस्य उनी प्रतिरोधात्मक भएको बताउँछन् । उनी सधैँ अनलाइनमा आफ्नो स्किल देखाउने सवालमा एउटा इगो लिएर बस्ने स्वभावका हुन् । संसार जतासुकै गए पनि किमिकोभलाई नयाँ किसिमको स्किल देखाउने चाहनाले कहिल्यै पनि छाडेन ।

भास्कामो साइको थेरापीमा आक्रमण नगरेसम्म उनी सधैँ सुरक्षित थिए । उनको त्यो लामो र सनसनी यात्राको अन्त्यको कारण नै भास्कामोको साइकोथेरामी बनेको थियो ।

फिनिस प्रहरीलाई इन्टरपोलसँग मिलेर उनको बारे रेड कर्नर नोटिस जारी गर्न मात्र दुई वर्षको तयारी गर्नु परेको थियो । उनीबाट धेरै पीडित भएको थाहा भइसकेको थियो । तर कसैलाई पनि उनी मात्र २५ वर्षको भएको भन्ने थाहा थिएन ।

भास्कामो साइको थेरापीमा आक्रमण नगरेसम्म उनी सधैँ सुरक्षित थिए । उनको त्यो लामो र सनसनी यात्राको अन्त्यको कारण नै भास्कामोको साइकोथेरामी बनेको थियो ।

प्रहरीले भुलवश उनको ट्रयाकिङ गरेको थियो । सूचना लुकाएर घरेलु डिस्ट्रीब्युन कलबाट सूचना चोरी गरिरहेको समयमा उनीमाथि फेब्रुअरीमा प्रहरीको ट्रायकिङ सुरु भएको थियो । इतिहासको सबै भन्दा महत्त्वपूर्ण सुनुवाइका लागि प्रहरीले अहिले फिनल्यान्ड ल्याएका छन्।

तीन सय भन्दा बढी डकुमेन्ट तयार भएका छन्। यसका लागि सबै कागजात तयार भइरहेका छन्। पीडितको बयान लिने काम भइरहेको छ । उनको सुनुवाइ सञ्चारकर्मीका लागि पक्कै पनि चासो र महत्त्वको विषय हुनसक्छ ।

पहिलो दिन त उनले अदालतको वातावरण नै फरक बनाए । आफूलाई निर्दोष प्रस्तुत गदै उनले न्यायालयमा नै जाके भनेर सबैलाई हँसाउन भ्याए । तथापि उनी विरुद्धका प्रमाण अहिले प्रशस्त भेटिन थालेका छन् ।

उनले प्रयोग गर्ने बैङ्क अकाउन्ट र यसको सर्भरसँगको समन्वय हेरिँदै छ । अहिले फोरन्सिक प्रविधिमार्फत उनको औँठा छापको पनि छानबिन भइरहेको छ । सायद उनी यस पटक उम्कन पाउने छैनन् । पछिल्लो समयको सनसनी पूर्ण साइबर अपराधको यो कहानी पढेर संसारका सबै व्यक्ति आफ्नो गोप्यता र सूचनामा सावधान हुन सचेत गराएको छ ।

प्रहरी र साइबर सुरक्षामा सरोकार राख्नेहरूले जुटाएको प्रमाणको आधारमा अदालतले उनलाई दोषी ठहर गरेको छ । उनी माथिको ३० हजार साइबर अपराध पुष्टि भएको छ । डेटा चोरी गर्ने, ब्ल्याक मेल गर्ने र अन्यको व्यक्तिको जीवनमा असर पर्ने काम गर्ने लगायत धेरै साइबर अपराध पुष्टि भइसकेको छ । टीयना लगायत धेरै जना त उनको कारण मानसिक स्वास्थ्यमा समस्या परेको भन्दै क्षतिपूर्तिको माग गरिरहेका छन् ।

प्रहरी र साइबर सुरक्षामा सरोकार राख्नेहरूले जुटाएको प्रमाणको आधारमा अदालतले उनलाई दोषी ठहर गरेको छ । उनी माथिको ३० हजार साइबर अपराध पुष्टि भएको छ ।

भास्तामो र किभिमाकी माथि साइबर अपराध बाहेक अन्य मुद्दा पनि छन् । भास्कामोले बिरामीको सूचना गोप्य राख्न नसकेको आरोपमा मुद्दा लाग्नसक्छ । यो घटनाको इति वृत्तान्त पत्ता लाग्न अझ धेरै महिना लाग्नसक्छ । परन्तु फिनल्यान्डमा भएको यो घटना साइबर संसारकै एउटा तहल्का हो ।

अहिले किमिभाकीसँग डिजिटल वालेटमा कत्ति पैसा छ भन्ने पत्ता लगाउने काम कठिन हो । यसको छानबिन हुने नै छ । परन्तु उनी ६ वर्ष जेल जाने भने पक्का भएको छ । यो घटनाका अन्य पाटा हुन सक्छन् । तर, साँचो कुरा के हो भने डिजिटल डिभाइसको अनावश्यक उपयोग पक्कै घातक हो । स्रोत : बिबिसी

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ९ : २७ बजे

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच

रविको नाममा अड्कियो हलो

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा

सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत

नयाँ बजेटमा यस्ता छन्‌ निर्माण व्यवसायीका माग र सुझाव (भिडियो)

काठमाडौं – सरकारले जेठ १५ गते ल्याउन लागेको बजेटमा निर्माण