‘बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक’ « Khabarhub

‘बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक’


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी भएको बताएका छन् ।

आज आयोजित दुई दिने दोस्रो ‘नेपाल सेल्टर फोरम’ को छलफलका क्रममा उनले मनसुन नजिकिँदै गर्दा पनि कर्णाली प्रदेशका भूकम्पपीडित पालमुनी नै बस्न बाध्यता भएको भन्दै अस्थायी आवास निर्माण छिटो हुनुपर्नेमा जोड दिए। 

उनले अस्थायी आवास निर्माणका लागि भूकम्पपीडितले अझै राहत पाउन नसकेको बताए। ‘केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा चाँडोभन्दा चाँडो अस्थायी आवास निर्माण अघि बढाउन आवश्यक भइसकेको छ’, उनले भने।

अहिले देशभर विभिन्न विपद्का घटना भइरहेको भन्दै उनले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए। ‘देशका विभिन्न स्थानमा डढेलोको समस्या छ, बर्खामा बाढीको जोखिम पनि उत्तिकै छ । बर्खा सुरु हुँदा पनि भूकम्पपीडितले राहत पाएका छैनन् । के अब बर्खामा चुहिने पालमुनी बसेरै कर्णालीका भूकम्पपीडितले रात बिताउनुपर्ने हो ?’, उनले भने।

मुख्यमन्त्री कँडेलले विपद् व्यवस्थापनका लागि कानुन र नियम सहयोगी नभएको समेत बताए। उनका अनुसार जाजरकोटका केही भूकम्पपीडितले अहिले पनि अस्थायी आवास वापतको रु ५० हजार पाउन सकेका छैनन् । 

उनले कर्णाली प्रदेशमा प्रति एक लाखमा पाँच जनाको मृत्यु विपद्का कारण हुने गरेको भन्दै विपद् प्रतिकार्य कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक रहेको समेत बताए। 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : १९ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई