समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल « Khabarhub

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताएका छन्। 

एमाले ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशनका क्रममा ताप्लेजुङ आएका महासचिव पोखरेलले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ सरकार निर्माणपछि कांग्रेसले संसद् अवरोध गर्नु दुःखदायी भएको बताए।

गल्ती गर्ने व्यक्तिका बारेमा छानबिन हुनु, दण्डित हुनु स्वभाविक भए पनि जिम्मेवार एउटा पार्टीले एकै व्यक्तिलाई कहिले प्रधानमन्त्रीका रूपमा योग्य देख्ने र कहिले गृहमन्त्रीका लागि अयोग्य देख्ने चरित्र हुनु स्वाभाविक नभएको उनको टिप्पणी छ ।

यस्तै जनता समाजवादी पार्टीभित्रको विभाजनलाई उनले नयाँ समीकरणको रक्षाका लागि भएको विद्रोहका रूपमा टिप्पणी गरेका छन् । सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको भन्दै उनले त्यसका विरुद्ध सांसदहरूले स्वयम् विद्रोह गरेर समीकरणको रक्षाका लागि अघि बढ्ने प्रक्रिया सुरु भएको बताए।

लोकतन्त्रमा विधिसम्मत ढंगले भएका विभाजनलाई स्वीकार गर्नुपर्ने मान्यता आफूमा रहेको भन्दै उनले कानुनले दिएको अधिकारलाई प्रयोग गर्नु स्वभाविक मान्नुपर्ने बताए।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ३६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच