समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल | Khabarhub Khabarhub

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताएका छन्। 

एमाले ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशनका क्रममा ताप्लेजुङ आएका महासचिव पोखरेलले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ सरकार निर्माणपछि कांग्रेसले संसद् अवरोध गर्नु दुःखदायी भएको बताए।

गल्ती गर्ने व्यक्तिका बारेमा छानबिन हुनु, दण्डित हुनु स्वभाविक भए पनि जिम्मेवार एउटा पार्टीले एकै व्यक्तिलाई कहिले प्रधानमन्त्रीका रूपमा योग्य देख्ने र कहिले गृहमन्त्रीका लागि अयोग्य देख्ने चरित्र हुनु स्वाभाविक नभएको उनको टिप्पणी छ ।

यस्तै जनता समाजवादी पार्टीभित्रको विभाजनलाई उनले नयाँ समीकरणको रक्षाका लागि भएको विद्रोहका रूपमा टिप्पणी गरेका छन् । सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको भन्दै उनले त्यसका विरुद्ध सांसदहरूले स्वयम् विद्रोह गरेर समीकरणको रक्षाका लागि अघि बढ्ने प्रक्रिया सुरु भएको बताए।

लोकतन्त्रमा विधिसम्मत ढंगले भएका विभाजनलाई स्वीकार गर्नुपर्ने मान्यता आफूमा रहेको भन्दै उनले कानुनले दिएको अधिकारलाई प्रयोग गर्नु स्वभाविक मान्नुपर्ने बताए।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ३६ बजे

दुई दिने नेपाल भ्रमण सकेर आज भारत फर्किंदै सचिव मिस्री

काठमाडौं – दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम

अर्थसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिका बैठक बस्दै छन्

नेपालमा मनसुनको अवस्था केही कमजोर, थोरै भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय