रूसी सेनामा कार्यरत भोजपुरका युवकले युद्धमा गुमाए ज्यान « Khabarhub

रूसी सेनामा कार्यरत भोजपुरका युवकले युद्धमा गुमाए ज्यान


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

रसियन सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सहभागी भोजपुरका एकजना युवकले ज्यान गुमाएका छन् ।

भोजपुरको पौवादुम्मा गाउँपालिका निवासी ३६ वर्षीय युवा प्रितम राई ‘निरन’ले युक्रेनविरुद्धको युद्धका क्रममा गत बिहीबार ज्यान गुमाएका हुन् ।

रसियन सेनाको तर्फबाट युक्रेनविरुद्ध युद्धका क्रममा प्रितमले गत बिहीबार ज्यान गुमाएको पुष्टि उनका दाजुसमेत रहेका पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईले गरेका छन् ।

‘सबै नातागोता, साथीभाइ, छरछिमेकी र शुभचिन्तकहरूले सोधिरहनु भएको छ भाइ कहाँ थियो ?,के भएको भनेर’, उनले भनेका छन्, ‘राम्रोसँग जवाफ दिन पनि सकिरहेको छैन । युद्धका क्रममा भाइको निधन जानकारी हामीकहाँ आइपुगगेको छ ।’

युक्रेन युद्धमा मारिएका प्रितम पौवादुम्मा गाउँपालिका अध्यक्ष एवम् एमाले भोजपुरका उपाध्यक्ष किरण राईका माइला भाइ थिए ।

 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : १५ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला