केजरीवालले अझै पाएनन् जमानत « Khabarhub

केजरीवालले अझै पाएनन् जमानत


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा आफ्नो फैसला दिन अस्वीकार गरेको छ ।

सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउँदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो । साथै सर्वोच्चले अहिले निर्वाचन नभएको भए अन्तरिम जमानतको प्रश्न नउठ्ने बताएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

सर्वोच्चका न्यायाधीशले यस विषयमा थप बहस मे ९ मा हुने र समय नपुगेमा अर्को साताको तारिख दिने बताएका छन् ।

अर्कोतर्फ, दिल्लीको राउज एभिन्यू अदालतले पनि केजरीवालको न्यायिक हिरासत मे २० सम्म बढाएको छ । अप्रिल २३ मा अदालतले अरविन्द केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको थियो । मार्च २१ मा केजरीवालको गिरफ्तारी पछि, उनी मार्च २२ मा राउज एभिन्यू अदालतमा हाजिर भए, जहाँबाट उनलाई मार्च २८ सम्म ईडी रिमाण्डमा पठाइएको थियो। उनी अप्रिल १ देखि तिहाड जेलमा छन् ।

याे पनि…

 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ०५ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्