अङ्ग्रेजी भाषामा पठनपाठन सुरु भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी बढे « Khabarhub

अङ्ग्रेजी भाषामा पठनपाठन सुरु भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी बढे


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको छ ।

अङ्ग्रेजी माध्यममा पठनपाठन, सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग, विद्यालयमा पठनपाठन पनि चुस्त दुरुस्त बन्दै गएकाले पनि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको रुचि बढेको पाइएको छ ।

‘कतिपय सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग गरेर सिकाइ गरिँदा पनि अभिभावक विद्यार्थीको रुचि बढेको छ’, धनगढीस्थित धनगढी नमूना उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले भने, ‘भर्ना गराउन पहिले बोर्डिङ स्कुल खोज्दै हिँड्ने अभिभावक हाल सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराइरहनुभएको छ ।’

विद्यालय शिक्षालाई स्थानीय तहमा हस्तान्तरण गरिएपछि विद्यालयको अनुगमन निरीक्षणको पाटो पनि बलियो हुँदै गई विद्यालय भर्ना बढेको पाइएको धनगढीवासी यज्ञराज जोशी बताउँछन्। विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीको चाप बढ्न थालेपछि धेरै विद्यालयले भर्ना गर्दा प्रवेश परीक्षा पनि लिइरहेका छन् ।

विद्यार्थीको चापसँगै कतिपय विद्यालयमा कक्षाकोठा लगायतका भौतिक पूर्वाधारको अभाव सिर्जना हुनुका साथै विद्यार्थी सङ्ख्या बढे पनि शिक्षक दरबन्दी नथपिँदा कार्यरत शिक्षकको कार्य बोझ बढेको प्रधानाध्यापकको भनाइ छ । सरकारले गरिब एवं पिछडिएको समुदायका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउन थालेपछि पनि यी विद्यालयमा विद्यार्थी भर्ना दर बढेको बताइएको छ ।

सरकारले खास गरी विपन्न, अपाङ्गता भएका, दलित, पिछडिएका वर्ग समुदायका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन र विद्यालयको भर्ना दर बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ ।

अत्तरियास्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयका संस्थापन मानबहादुर साउद छात्रवृत्ति वितरण कार्यक्रमले विद्यालयको भर्ना दर पहिलेको भन्दा तीन गुनाले बढेको बताउनुभयो । यो विद्यालयमा अपाङ्गता भएका बालबालिकाको पठनपाठन हुँदै आएको छ । विद्यालय शिक्षा बाहिर रहेका बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने लक्ष्यले सरकारले बर्सेनि विद्यालय भर्ना अभियान गरिरहेको हो ।

शिक्षा क्षेत्रको समन्वयकारी भूमिका निर्वाह गरिरहेको शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख वैकुण्ठ सुवेदीले पालिका तहको सरकारले आफ्नो पालिका क्षेत्रका विद्यालयसँग समन्वय गरेर विद्यालय शिक्षा बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

बर्सेनि विद्यालय भर्ना अभियान सञ्चालन हुने गरे पनि कतिपय समुदायका परिवार अझै पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउनमा इच्छुक नदेखिने गरेको बताइन्छ । ‘कतिपय समुदायका परिवारले अझै पनि आफ्ना बालबालिकालाई स्कुल पठाउन नमानिरहेको अवस्था पनि देखिन्छ’, सुवेदीले भने ।

कैलाली जिल्लामा रहेका सामुदायिक विद्यालयमध्ये कतिपय विद्यालयलाई पालिका तहले एकापसमा ‘मर्ज’(गाभे)को छ । विसं २०७५ सम्म जिल्लाभरि पाँच सय ७१ सामुदायिक विद्यालय रहेकोमा पछिल्लो केही वर्षदेखि कतिपय विद्यालय आपसमा मर्ज गरिएको पाइएको एकाइ प्रमुख सुवेदीले बताए । विद्यालय शिक्षालाई चुस्त दुरुस्त एवं शैक्षिक गुणस्तरमा सुधार ल्याउन एकापसमा गाभ्ने काम भइरहेको बताइन्छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : २९ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक