सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी « Khabarhub

सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा चलाइएका स्याङको चापाकोटमा कार्यरत सिनियर अहेब बिन्दु कोइराला र उनकी पत्नीलाई विशेष अदालतले सफाइ दिएको छ ।

कोइराला र उनकी पत्नी गीता कोइरालालाई पनि विशेष अदालतका न्यायाधीत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार सफाइ दिने फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध २०८० असोज १९ गते ९० लाख ३९ हजार ६ सय २० बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको थियो ।

सिनियर अहेब कोइराला२०५४ कात्तिक ५ गतेदेखि २०७८ मङ्सिर १ गतेसम्म सरकारी सेवामा रहँदा आर्जन गरेको सबै सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको थियो । उक्त अवधिमा कोइरालाले दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई बराबरको आर्जन गरेको अख्तियारले जनाएको थियो ।

त्यही अवधिमा सिनियर अहेब कोइरालाले तीन करोड ८८ लाख २१ हजार चार सय २२ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले मुद्दामा उल्लेख गरेको थियो ।

कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले अनियमितता देखिएको जनाएको थियो ।

सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पनि आयोगको आरोप थियो । यस्तोमा आयोगले स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जपथ गरी बिगो बमोजिम कारबाही माग गरेको थियो ।  तर आयोगको कुनै पनि दाबी नपुगेको भन्दै विशेषले कोइराला दम्पतिलाई सफाइ दिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ४५ बजे

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु