संविधानमा उल्लेखित प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थाल्यो : अध्यक्ष पोखरेल « Khabarhub

संविधानमा उल्लेखित प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थाल्यो : अध्यक्ष पोखरेल


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको संविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पोखरेलले समाचार हटाउने र पत्रकारलाई फौजदारी मुद्दा चलाउने कदम संविधान विपरीत भएको समेत बताए ।

सर्वोच्च अदालतबाट जारी आदेश नेपालको संविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित गर्न लागेको आशंका उब्जेको उनले बताए ।नेपाली पत्रकारहरूलाई राज्यका तीन वटै अंगले प्रेस स्वतन्त्रता खोस्न सक्रिय भएको उनले बताए ।

अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रताको रक्षाको लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको र अदालतले आफ्नो कदम सच्याउनेमा विश्वास रहेको बताए ।

त्यस्तै कार्यक्रमका सहभागीहरूले संविधानको पालना सहितको प्रेस स्वतन्त्रता उपभोग गर्न सबै स्वतन्त्र भएको बताएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ५१ बजे

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको