आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी « Khabarhub

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा सवारी दुर्घटनाबाट जीवन सुरक्षित हुने बताएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीद्वारा आयोजित ट्राफिक सप्ताह २०८१ को आज मुख्यमन्त्री अधिकारीले उद्घाटन गरे ।

‘सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ’, उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘शरीरमा रोग लाग्न नदिन आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गर्न झन्झट नमानी सरल रूपमा लिनुपर्छ ।’

अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन र किशोरीको आत्मरक्षाका विषय कक्षा ८ र ९ का विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम बनाउन सुरु गरेको र त्यसलाई पूर्णता दिएर कार्यान्वयनमा ल्याउने मुख्यमन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

प्रहरीले मात्र ट्राफिक नियम लागू गर्न नसक्ने बताउदै नागरिक समाज ट्राफिक नियमप्रति जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

आज गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ७७ प्रतिशत सवारी दुर्घटना चालकै लापरबाहीका कारण हुने भएकाले चालक जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारी चालकको लापरबाहीका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । यात्रुका कारण आठ दशमलव ८२ प्रतिशत, यात्रीका कारण छ दशमलव ६८ प्रतिशत र सडकका कारण छ दशमलव ९५ प्रतिशत दुर्घटना हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा तीन सय २२ वटा सवारी दुर्घटना हुँदा एक सय ५५ जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी)  दुर्गा सिंहका अनुसार दिनहुँ सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या बढेकाले त्यस्ता घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ८ : ०७ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने