आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी « Khabarhub

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा सवारी दुर्घटनाबाट जीवन सुरक्षित हुने बताएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीद्वारा आयोजित ट्राफिक सप्ताह २०८१ को आज मुख्यमन्त्री अधिकारीले उद्घाटन गरे ।

‘सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ’, उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘शरीरमा रोग लाग्न नदिन आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गर्न झन्झट नमानी सरल रूपमा लिनुपर्छ ।’

अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन र किशोरीको आत्मरक्षाका विषय कक्षा ८ र ९ का विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम बनाउन सुरु गरेको र त्यसलाई पूर्णता दिएर कार्यान्वयनमा ल्याउने मुख्यमन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

प्रहरीले मात्र ट्राफिक नियम लागू गर्न नसक्ने बताउदै नागरिक समाज ट्राफिक नियमप्रति जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

आज गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ७७ प्रतिशत सवारी दुर्घटना चालकै लापरबाहीका कारण हुने भएकाले चालक जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारी चालकको लापरबाहीका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । यात्रुका कारण आठ दशमलव ८२ प्रतिशत, यात्रीका कारण छ दशमलव ६८ प्रतिशत र सडकका कारण छ दशमलव ९५ प्रतिशत दुर्घटना हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा तीन सय २२ वटा सवारी दुर्घटना हुँदा एक सय ५५ जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी)  दुर्गा सिंहका अनुसार दिनहुँ सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या बढेकाले त्यस्ता घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ८ : ०७ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच