भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ। बलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको हो ।

साँगाबाट जगातीतर्फ आँउदै गरेको ना.५ख. २३६१ नम्बरको बोलेरो गाडीले गोरखा पालुनटार नगरपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नलिन्चोक वस्दै आएका ३८ वर्षीय कमल बयलकोटीलाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भिर घाइते भई उपचारका लागि डा. ईवामुरा अस्पताल भक्तपुर लगिएकोमा थप उपचारको लागि सुमेरु अस्पताल ललितपुर रिफर भएपछि उनको उपचारकै क्रममा आज साँझ निधन भएको हो ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बोलेरो गाडी र सवारी चालक सरलाही लालबन्दी नगरपालिका वडा नम्बर १६ बस्ने बर्ष २३ को सागर माझी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको परिसरका सूचना अधिकारी राजन कार्कीले जनाए। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ८ : २० बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?