रातमा खेर जाँदै ७०० मेगावाट बिजुली, निर्यात २०० मात्रै | Khabarhub Khabarhub

रातमा खेर जाँदै ७०० मेगावाट बिजुली, निर्यात २०० मात्रै


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्खायाम सुरु भएयता नेपालका नदीनालामा पानीको सतह बढेसँगै विद्युत् उत्पादन पनि बढ्न थालेको छ । अधिकांश जलविद्युत आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन थालेका हुन् । तर, रातको समयमा विद्युत खपत कम हुने हुँदा उत्पादित ७०० मेगावाट बिजुली त्यसै खेर गइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार, विद्युत उत्पादन बढेसँगै मध्यरातको समयमा ७०० मेगावाटसम्म बिजुली खेर गइरहेको हो । बिहान र दिउँसोको तुलनामा रातको समयमा विद्युत लोड खपत कम हुने हुँदा बिजुली खेर जाने गरेको प्राधिकरणले जनाएको छ ।

नेपालमा हाल विद्युत् जडित क्षमता करिब ३३०० मेगावाट पुगेको छ । त्यसमध्ये अहिले ३२०० मेगावाट बिजुली ‘पिक आवर’ मा उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषको खबरहबलाई जानकारी दिए ।

उनका अनुसार बिहान र दिउँसोका ‘पिक आवर’ मा २७०० मेगावाटसम्म विद्युत् खपत हुने गरेको छ । ‘अहिले ‘पिक आवर’ मा २७०० मेगावाट बिजुली खपत भइरहेको छ,’ उनले भने, ‘मध्यरातमा करिब ७०० मेगावाट बिजुली बढी भइरहेको छ । दिउँसो र साँझ पनि ४/५ सय मेगावाट बिजुली त सरप्लस (बचत) नै छ ।’

पछिल्ला दिनमा बाढी र पहिरोका कारण जलविद्युत् आयोजनालाइ त्यति असर नगरेको उनले बताए । कहिलेकाही कुनै सबस्टेशन र पावरहाउसमा प्राविधिक समस्याबाहेक अन्य जटिल समस्या नआएको उनको भनाइ छ ।

हालसम्म विद्युत् प्राधिकरणको ५६३ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९२ मेगावाट र निजिक्षेत्रबाट प्रवद्धित कम्पनीबाट २१०० मेगावाट बिजुली उत्पादन भइ राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ ।

त्यस्तैगरी, निजी क्षेत्रबाट नै ८१.९ मेगावाटको सोलार इनर्जी, उखुको बगास लगायतबाट ६ मेगावाट ऊर्जा उत्पादन भइरहेको छ । प्राधिकरणअन्तर्गत ४५६ मेगावाटको माथिल्लो तामाकोशी, सान्जेलगायतका जलविद्युत आयोजनाहरूबाट पनि अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको छ ।

रातमा बढी हुने बिजुली उपयोग हुन नसकिरहेको घोषले बताए । करिब २०० मेगावाट हाराहारी बिजुली मात्रै भारत निर्यात भइरहेको उनले बताए । ‘रातमा बढी हुने बिजुलीको त्यति उपयोग हुन सकेको छैन,’ उनले भने, ‘विगतकै हाराहारीमा २०० मेगावाटमात्र निर्यात भइरहेको छ । रातमा बढी हुने बिजुली भारतमा मा पनि त्यति लोड नहुने हुँदा उपयोग गर्न सकिएको छैन ।’

हिउँदयाममा प्राधिकरणलाई बिद्युत खपत लोड धान्न नसकेर मुस्किल हुने गरेको थियो । गत २०८१ बैशाख/जेठ महिनामा खपतको लोड धान्ने बिजुली उत्पादन हुन नसक्दा भारतबाट २/३ सय मेगावाट बिजुली आयात गर्नुपर्ने अवस्था थियो ।

कुल विद्युत जडित क्षमता ३१०० मेगावाट हुँदा खोलानालामा पानीको सतह घटेर विद्युत उत्पादन १७०० मेगावाट हाराहारी हुने गर्थ्यो। प्राधिकरणका अनुसार, त्यतिबेला नै ६/७ सय मेगावाट बिजुली अपुग हुने स्थिति थियो ।

तर, बर्खायाम सुरु भएसँगै देशभरका नदीनालामा पानीको सतह बढेकाले विद्युत् उत्पादन क्रमिक बढिरहेको प्राधिकरणले जनाएको छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (रन अफ दि रिभर) प्रकृतिका छन् । बर्खायाममा पानीको बहाव बढ्नासाथ बिजुली उत्पादन बढ्छ । हिउँदमा खोलानाला घट्ने र सुक्ने हुँदा विद्युत् कम उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  १ : १३ बजे

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात

लण्डन – स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले