चितवनमा ३१ हजार बढी बालबालिकालाई आइपीभी खोप | Khabarhub Khabarhub

चितवनमा ३१ हजार बढी बालबालिकालाई आइपीभी खोप


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपीभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन् ।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार ३६ हजार सात सय चारजनालाई लगाउने लक्ष्य रहेकामा भरतपुर महानगरपालिकाका १९ हजार दुई सय ९४ मध्ये १६ हजार दुई सय ९८, कालिका नगरपालिकाका दुई हजार तीन सय १३ मध्ये दुई हजार दुई सय १३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ५१ मध्ये एक हजार नौ सय १३ जना बालबालिकालाई खोप लगाइएको छ ।

यसैगरी माडी नगरपालिकाका दुई हजार एक सय २९ मध्ये एक हजार छ सय ५२, रत्ननगर नगरपालिकाका चार हजार तीन सय ६९ मध्ये चार हजार एक सय तीन, राप्ती नगरपालिकाका तीन हजार आठ सय ५३ मध्ये तीन हजार ९६ र इच्छाकामना गाउँपालिकाका एक हजार चार सय ७४ मध्ये नौ सय ४६ जना बालबालिकालाई खोप लगाइएको उनले जानकारी दिए ।

खोपअभियानमा चार सय १२ स्वास्थ्यकर्मी र सात सय ३१ स्वयंसेवक परिचालन गरिएको थियो । विसं २०७३ वैशाखदेखि २०७५ आसोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ९ : ५४ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ