एमाले कार्यालय अवलोकन गर्न पुगे माओवादी उपाध्यक्ष सापकोटा « Khabarhub

एमाले कार्यालय अवलोकन गर्न पुगे माओवादी उपाध्यक्ष सापकोटा


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)को सूचना प्रविधि व्यस्थापन तथा कार्यालय व्यवस्थापनबारे अध्ययन गर्न माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटा च्यासल पुगेका छन् ।

उनी शुक्रबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेर त्यहाँको कार्यालय व्यवस्थापन र सूचना प्रविधिको उपयोगबारे जानकारी लिएका हुन् ।

उनलाई एमाले उपमहासचिव विष्णु रिमालले एमालेको हेडक्वार्टर सञ्चालनबारेमा जानकारी गराएका थिए ।

एमाले केन्द्रीय कार्यालय सु-व्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै चलेको अनुभव आफूले अवलोकनका क्रममा पाएको सापकोटाले बताए ।

यसअघि चैत १५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेको पार्टी कार्यालय भ्रमण गरेको थियो । रास्वपाका महामन्त्री डा. मुकुल ढकाल नेतृत्वको टोली च्यासलस्थित एमालेको पार्टी कार्यालय अवलोकन गरेको थियो ।

राजनीतिक दलको आन्तरिक प्रशासन एवम् व्यवस्थापनबारे ढकालको टोलीले एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको थियो ।

त्यसबेला ढकालको टोलीलाई एमालेका नेताहरूले पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी दिएका थिए ।

नेपालमा राजनीतिक दलहरूमध्ये कार्यालयको सु-व्यवस्थित सञ्चालनमा एमाले अब्बल मानिन्छ । उसले च्यासलस्थित कार्यालयलाई आकर्षक रुपमा सजाएर सञ्चालन गर्दै आएको छ । अन्य दलहरू एमाले कार्यालय पुगेर कार्यालयको व्यस्थित सञ्चालनबारे जानकारी लिने गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  २ : ११ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न