मन्त्री शर्माको तर्क- निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थिरता हुन सकेन | Khabarhub Khabarhub

मन्त्री शर्माको तर्क- निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थिरता हुन सकेन


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थिरता कायम हुन नसकेको बताइन् ।

शुक्रबार काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभअन्तर्गतको पावर संवाद सत्रमा उनले मुलुकको संवैधानिक व्यवस्था, निर्वाचन प्रणालीका कारण संघमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको र राजनीतिक स्थिरता कायम हुन नसकेको बताएकी हुन् ।

कुनै पनि एउटा पार्टीको बहुमत नभएको अवस्थामा मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेकाले यही विषयलाई अन्यथा रूपमा बुझ्न नहुने उनको भनाइ छ ।

मन्त्री शर्माले केन्द्रको सरकार सुशासनको पक्षमा दृढताका साथ उभिएको भन्दै मुलुकको परिवर्तनप्रति सकारात्मक भाष्य सिर्जना गर्न सफल भएको दाबी गरिन् ।

त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिई सूचना प्रविधि दशक घोषणा गरिएको बताइन् ।

मन्त्री शर्माले आइटी दशकको अवधिमा आइटी क्षेत्रमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने जानकारी दिइन् । सूचना प्रविधि क्षेत्रको विकासका लागि कानूनी व्यवधान रहेको महसुस गरी सरकारले नीतिगत तथा कानूनी सुधार गर्न लागेको मन्त्री शर्माको भनाइ छ ।

उनले सरकार डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमार्फत आम नागरिकको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा केन्द्रित रहेको पनि बताइन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  २ : ३७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः