प्रधानमन्त्रीसँग ‘मेयर्स फोरम’को बैठक, सुनिता सहभागी हुँदा बालेन गएनन् « Khabarhub

प्रधानमन्त्रीसँग ‘मेयर्स फोरम’को बैठक, सुनिता सहभागी हुँदा बालेन गएनन्


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च ‘मेयर्स फोरम’का पदाधिकारीहरूले भेट गरेका छन् ।

प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिकाबारे केन्द्रित थियो।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

‘तपाईंहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय संघीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ’, उनले भने, ‘त्यहीअनुसार सरकारले लगानी बोर्डलाई यससम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ। लगानी बोर्डको बैठकमा यससम्बन्धी छलफल भई कार्यान्वयन अगाडि बढाउने निर्णय भएको छ। अब यो काम तीव्रसाथ अगाडि बढ्छ ।’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्न छलफल गरेको हो।

बालेन अनुपस्थित

संघीय सरकारसँगको महत्वपूर्ण छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह भने सहभागी भएनन् ।

न्यूरोडको फुटपाथ विस्तारमा सडक विभागले हस्तक्षेप गरेसँगै बालेन र संघीय सरकारको दूरी झन् बढेको छ ।

न्यूरोडको फुटपाथ बढाउन नदिएको झोंकमा बालेनले सडक विभाग र सडक डिभिजन कार्यालय काठमाडौंमा फोहोर र धुलोको थुप्रो फ्याँकिदिएका थिए ।

उनी यसपहिले पनि संघीय सरकारसँगका यस्ता छलफलमा भाग लिँदैनन् । मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग यसअघि नै उनी विवाद भएको थियो ।

यसअघि २०८० कात्तिकमा पार्क भिलेज रिसोर्टमा बसेको मेयर्स फोरमको बैठकमा आफूलाई पहिले बोल्न नदिएको भन्दै बालेन्द्र चिरिबीबाबुसँग झोंकिएका थिए ।

‘मेयर्स फोरम’ काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको साझा थलो हो ।

अहिले मेयर्स फोरमको अध्यक्ष ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन छन् । त्यस बैठकमा बालेनले चिरिबाबुसँग झगडा नै गरेर माइक माग्दै आफू बोल्न खोजेका थिए । त्यसपछि यी दुईजनाको सम्बन्ध सुमधुर हुन सकेको छैन ।

उक्त बैठकमा चिरिबाबुसँग विवाद गरेका उनी बोल्दै नबोली हिँडेका थिए। त्यसपछि बालेनले मेयर्स फोरममा आफूलाई निष्क्रिय राख्दै आएका छन् ।

तर उपत्यकाको फोहोर व्यवस्थापनको प्रमुख दायित्व काठमाडौं महानगरको काँधमा छ । संघीय सरकारले काठमाडौंकी उपमेयर डंगोलसँग फोहोर व्यवस्थापनबारे छलफल गरेको छ । तर कार्यकारी भूमिका रहेका बालेन नै शुक्रबार भएको छलफलमा भाग लिन सिंहदरबार छिरेनन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  २ : ५७ बजे

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

निर्वाचन आउन ८५ दिन बाँकी: केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको